जस्ता प्रश्न उस्तै उत्तर, भिखारीको छोरा कण्डक्टर ! – तपाईंको मन हँसाउने रमाइला चुट्किलाहरु

प्रकाशित मिति: १५ श्रावण २०७७, बिहीबार ०८:२७

बाबु : ‘छोरा तिम्रो लोकसेवाको परिक्षा कस्तो भयो ?’

छोरा : ‘प्रश्न नै राम्ररी नबुझ्ने बनाएछन् बाबा  !’

बाबु : अनि फेरी ….?

छोरा : ‘मैंले पनि उनिहरुले नबुझ्नेगरी उत्तर लेखिँदिएँ !’

—————————–

प्राय सधैँ रोहनलाई बसको  ढोकामै उभिएको देखेपछी

कण्डक्टर : ‘जहिल्यै ढोकामै उाभिन्छौ, तिमी गेटपालेको छोरा हौ कि के हो !’ ?

रोहन : ‘तपाईं पनि सधैँ हात थापेर पैसा माग्नुहुन्छ । के तपाईँ भिखारीको छोरा हो र ! ?’

——————————

रोहन : ‘डाक्टर सा’ब, म जुनसुकै कुरा पनि छिट्टै बिर्सिन्छु, के भएको होला ?’

डाक्टर : ( हात तेर्याउँदै ) पहिला जाँच फि दिनुस् त ।

रोहन : ‘जाँच गरिसकेपछी दिए हुन्न र ?’

डाक्टर : ‘हुँदैन । तपाईंले बिर्सिएर जाने खतरा छ !’

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com