वालुवाटारमा पाकेको ‘जेरी’को स्वाद वालकोटमा कसरी पुग्यो ?

प्रकाशित मिति: २० श्रावण २०७७, मंगलवार ११:१४

सार्वजनिक गाडी ३० प्रतिशत पनि सडकमा निस्केका छैनन
घुमघाममा जानकालागी किनेका होइनन् क्यारे, चढ्ने मान्छे भए पो निस्किउन् त !

झलनाथले भने – ‘मलाई प्रधानमन्त्री वा अध्यक्ष बन्नु छैन
किनकि मलाई चाहिएको राष्ट्रपति हो ।

किन बिग्रँदैछ किशोरपुस्ताको मनोदशा ?
उनका इच्छा अभिवाभक भन्दा टिकटक र फेसबुकले बुझ्न थालेकोले !

आइपीएलमा चीनियाँ प्रायोजकलाई लिएर भारतमा विवाद
नगद पो नलिने हो, क्याँस लिँदा त भैहाल्छ नि !

बालकोटको घर पुगेर प्रधानमन्त्रीले भने : ‘अढाइ वर्षपछि मात्रै फर्किन्छु ।’
एक तीर दुइ सिकार’ ! प्रधानमन्त्री छोडिन्न, बाँस्कोटाजीले डेरा सर्नु पर्दैन !

बालकोटमा ओलीको ठट्टा : प्रचण्डसँग जेरीजस्तै गुलियो ‘मिटिङ’ भयो !
जेरीको बिशेषता गुलियोमात्र हैन, यत्र तत्र जेलिएको पनि हुन्छ, न फेद देखिन्छ, न टुप्पो भेटिन्छ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com