‘टिकटक’को विकल्प ‘टोकटाक’  बन्दै !

प्रकाशित मिति: २० श्रावण २०७७, मंगलवार ११:५६

 -केशवराज गजुरेल

चिनबाट सुरु भएको कोरोना भाईरस विश्व मानव बजारमा ब्यहोर्नै नसक्नेगरी आइलाग्दा मान्छेको बेहाल भएको छ ! ब्यापार ठप्प भएर धेरैको यो हाल छ, सोच्दै नसोचेको सेनिटाइजरको ब्यापार भने मालामाल छ !

चाइनाको उत्पादन किन्नु नै परे पनी यसै सस्तो छ, थोरै पैसा हुनेहरुका लागि सित्तैमा पाएजस्तो ! यस पटक भने चाईनाले विश्वलाई दुईवटा नि:शुल्क उपहार दिएको छ-  कोरोना र टिकटक ।

कोरोनाको कहरले त्रसित मनलाई शुरुमा टिकटकले सान्त्वना  दिएको थियो तर बिस्तारै सातो लिन थाल्यो ।

सुरुमा गीतलाई गिज्याउँदै टिकटकमा केटाकेटी पसे ! प्रतिस्पर्धा गर्दै वयस्कहरु पनि फँसे ! अधबैँसेहरु समेत नाचगान गर्न बसे ।

बुढ्यौले बा-आमालाई समेत बिटुलो बनायो !  मन नै नलागि जिस्किन सिकायो  ! यो दिन सम्म आइपुग्दा परिवारसँग बसेर हेर्नै नसकिने भो ! धेरैले भन्न थालेका छन् – टिकटक बन्द गरिदिए भो !

आउँदा टिकटकको रुपमा आयो । ऐेले ‘टोकटाक’मा परिणत हुँदैछ ! मित्र भएर सञ्जालमा जोडिएका हरुबीच कुरै कुरामा टोकटाक सुरु भएकाछन् । एकले अर्कालाई बोलीको गोलीले ठोकठाक गर्दैछन् !

मन मिल्ने र सहिष्णुहरु लाइक कमेन्ट गर्दै बस्छन् ! मन नमिले एकअर्कालाई छोड्न सक्छन् ! तर यो सञ्जालमा जोडिएका हरु सबै शिष्ट रहेनन्। अशिष्टको जमात बढ्दै जाँदा इष्टहरु नै दुष्टमा बदलिदैछन् !

टिकटकले पनि एक टकले धन्दातिर मात्र ध्यान दिएको छ । जस्ले जे गरेपनि हुन्छ भन्ने अज्ञान दिएको छ । यसको दुरुपयोग घटाउनेतिर ध्यानै छैन । यसले सदुपयोग बढाउने तिर ज्ञानै छैन । यसै टिकटकिनु छ, उसै टिकटकिनु छ भने किन चाईनिज टिकटक चलाउनु ? नेपालकै टोकटाक बनाउँ ! कसो ?

हेर्नुस् त, मलेसियाबाट सुसिरले कसैलाई आमाचकारी गाली दिन्छ  ! यसको बदलामा साउदीको बसिरले बाबुहकारी जवाफ दिन्छ  ! कोरियाबाट काली कुर्लिदै गाली गर्छे ! यस्ता घटना त कति छन् कति ! कैले सुध्रला यो मति ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com