नेकपामा नयाँ उखान : चढ्ने बेलाकाे भाँडाे, झर्ने बेलाको ठाँडाे, काे हाे ?

प्रकाशित मिति: २३ श्रावण २०७७, शुक्रबार ११:३५

‘५० अर्ब ऋण कृषिमा बाँडियो, तर सबै गाडी र साडीमा गएछ’: मन्त्री भुसाल
बेलैमा ढोका कहाँ छ भनेर ध्यान दिनु पर्दैन थ्यो त? ‘हगि सक्यो दैलो देख्यो’  !

खनाल र नेम्वाङलाई साक्षी राखेर ओली र प्रचण्डबीच छलफल
अघिल्लो कारोबारमा किचलो भएको कुराको स्विकारोक्ति !

‘नेकपा फुटाउने कार्य जनतालाई स्वीकार्य हुँदैन’ : प्रमुख सचेतक गुरुङ
अर्थात् नेताले चाहीँ  अस्विकार गर्नै मिल्दैन !

जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ राजनैतिक नक्सा
त्यहाँ पनि लिपुलेक लिम्पियाधुरा रहेछ कि क्या हो !

नेकपाका शीर्ष नेता भन्छन्, ‘पार्टी निष्क्रिय, अकर्मण्य, वैचारिक स्खलन र भ्रष्टीकरमा फस्यो’
अर्थात् यस्तो भनेछन् -‘आउनुस् कमरेडहरु, सबैजना मिलेर आकाशतिर थुकौँ !’

चीन : हत्याको अभियोग लागेका व्याक्तिलाई २७ वर्षपछी सफाइ
नेपालमा भए ती मनुवा मन्त्री  वा सांसद भईसक्थे !

सुन तोलाको एक लाख रुपैयाँभन्दा बढी तर व्यापारी घोर निराशामा
छोराछोरीको बिहे गर्न तयार गरिब परिवार परिवारमा हर्षको सन्चार !

मोटोपना घटाएर जोखिम कम गर्न सकिन्छ
पहिला त तामसी भोजन घटाउने बुद्धि बढाउँनु पर्यो नि !

ओली र प्रचण्डलाई वामदेव नै चाहिन्छ, किन ?
पहाड चढ्दा टेक्न मिल्ने, चढिसक्दा फ्याँक्न मिल्ने सजिलो लठ्ठी भएर !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com