को को पुग्नु भेको छैन ठोरीको अयोध्या ? Headline Humors

प्रकाशित मिति: २५ श्रावण २०७७, आईतवार ११:४३

‘फेस टु फेस पढाई’ तत्काल सम्भव छैन : शिक्षामन्त्री पोखरेल
‘माउथ टु इयर’को पढाईले पनि काम काट्ला जस्तो लाग्दैन त मन्त्रीज्यू  !

‘ढुक्क हुनुस्, सहमतिबिना प्रधानमन्त्रीको राजीनामा आउँदैन’ : रायामाझी
दुबै पक्षको मति नसप्रिएसम्म सहमती नहुने ध्रुवसत्य !

श्रीलङ्का निर्वाचनः महिन्द्रा राजपक्ष र गोटाबय राजपक्षको दल अत्यधिक बहुमतका साथ विजयी
भाइ भाइ जुटे अरु सबै टुटे भनेको यहि हो !

राजनीतिक नियुक्तिका लागि किन ‘योग्यता’भन्दा ‘निकटता’ले पाउँछ प्राथमिकता ?
किनकी योग्यताले पैसा दिन सक्दैन, निकटताले पैसा, बैँस सबै दिन्छ ।

नआत्तिनुहोस्, ७२ प्रतिशत संक्रमित निको भइसके
नमात्तिनस्, २८ प्रतिशत संक्रमित स्वर्गवास भइसके !

प्रधानमन्त्रीले अोलीले फेरी भने- ‘रामको जन्मभुमी ठोरी नै हो, त्यहाँ भव्य मन्दीर बनाउने तयारी गर्नुस् ।’
मार्क्सबादमा नि राम, लेनिनमा नि राम, जसले राम्रो काम गर्छ, सबैमा छन् राम !

ठोरीको ‘अयोध्या’ चल्ला कि नचल्ला ?
सकारात्मक बनौँ, ताप्लेजुङ पुग्न नसक्नेहरु ईलामको पाथिभरा पुगेर भएपनी आत्मसन्तुष्टि लिन्छन् । 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com