‘रसियन भोड्का’ र ‘रसियन कम्युनिष्ट’जस्तै ‘रसियन भ्याक्सिन’ कहिले आउला त नेपालमा ?

प्रकाशित मिति: ३० श्रावण २०७७, शुक्रबार १०:०९

कुनै बेला नेपालमा रसियन कम्युनिष्टहरुको जगजगी थियो । अहिले रसियन भोड्काको आकर्षणपनि घटेको छैन । के अब रसियन भ्याक्सिन पनि उति नै लोकप्रिय होला त ?

रसियाले कोभिड १९ को भ्याक्सिन बनाएको घोषणा गरेको छ । हुन त काम गर्नु र घोषणा गर्नुृ फरक कुरा हो । तरपनि अरुले यति पनि नगरेको हुनाले पत्याई दिनुको विकल्प छैन ।

यो कुरा अमेरिकाले सत्य मानेको छैन । चीनले सही ठानेको छैन । बिश्व स्वाश्थ्य संगठनले स्वीकारेको छैन । तर, ब्राजिल लगायतका देशले रसियन भ्याक्सिन प्रयोग गर्ने घोषणा गरिसकेका छन् ।

तर, नेपालबाट यसको खासै प्रतिकृया सार्वजानिक भएको छैन । यस प्रसंगमा हामीले देशका केही केही रसिला महानुभावहरुका ह“सिला प्रतिकृया लिएकाछौं । पढौं जस्ताको तस्तै तर पत्याऔं क्रस चेक गरेरमात्र ।

‘उ पूर्व कम्युनिष्ट राष्ट्र हो, हामी पूर्व कम्युनिष्ट पार्टी हौं । यस हिसाबले रसियास“ग हाम्रो भूतपूर्व संबन्ध छ । यस अर्थमा रसियन भ्याक्सिनले अभुतपुर्व सफलता प्राप्त गरोस्, हाम्रो तर्फबाट धेरै धेरै ओम्नी कामना ।’
–मा.पाहुनाभक्त ढकाल
स्वासमन्त्री ।

‘उहिले नेपालमा रसियन कम्युनिष्टहरुको जगजगी थियो । अहिले रक्सियन कमरेडहरुको संख्या उल्लेख्य पाईन्छ । जसरी रक्सियन कमरेडलाई पत्याई हाल्न सकिन्न, त्यसैगरी रसियन भ्यासिनलाई बिश्वास गरिहाल्ने अवस्था छैन ।’
–मा.चुपचाप शर्मा
प्रमुख पत्निपक्ष नेता

‘रसिया सधैं नेपालीको साथमा छ । हामी दुःख पर्दा रसियन भोड्का पिउछौं । खुशीहुंदा पनि रसियनबाटै रमाईलो गर्छौं । र अहिले रसियन भ्याक्सिन पनि त्यसैको निरन्तरता हो । रसियन भोड्का, रसियन कम्युनिष्ट र रसियन भ्याक्सिप्रति हामी आशावादी छौं तर विस्वास गर्ने हाल्ने अवस्था छैन ।’
–श्री टन्नराम ट्यांकर
अध्यक्ष, खानपिन मुक्तिमोर्चा

‘चले चल्ला, नचले अण्डा’
-गनोज मजुरेल
सम्पादक, गजुरीयल डटकम

*डिस्कलेमर
-गजुरियल डटकम नेपालको व्यंग्य न्युज अनलाईन हो । ध्रुवसत्य मानेर भ्रम पर्न गएमा तपाईंलाई हँसाउने हाम्रो प्रयास सफल भएको ठानिनेछ । यसमा प्रकाशित सामाग्रीहरु बिना सौजन्य कपि गर्ने, पोष्ट गर्ने, भिडियो बनाउनेलाई साईबर कानुनको दफा तिनले तोके अनुसार संचारमंत्री गोकुल बाँस्कोटाको भाषण एक घण्टा सुन्न बाध्य पारिनेछ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com