गधा र मान्छेबीचको अन्तर ! -आजका रमाइला चुट्किला पढ्नुस्

प्रकाशित मिति: ३१ श्रावण २०७७, शनिबार १३:४६

रघु : दिनेशजी, मलाई एक लाख रुपियाँ सापटी दिनुस न ।

दिनेश : ( एकोहोरो हाँस्छ ) हा हा हा हा….

रघु : ‘यसमा हास्नु पर्ने कारण के छ र ?’

दिनेश : ‘समस्या आईपरे नअात्तिनु, हासेर उडाउनु भन्ने सुनेको थिएँ, त्यसैले !’
—————-

शिक्षक : ‘अनुज, भन त डेट र तारिकमा के फरक छ ?’

अनुज : ‘दुइटै भेट्ने समय हो तर फरक फरक मानिसलाई सर ।’

शिक्षक : ‘कसरी ?’

अनुज : ‘डेटमा गर्लफ्रेण्ड र तारिकमा वकिललाई सर !’

——————-

बाबु :  (सानो छोरासँग ) ‘ ल भन त छोरा, गधा र मानिसमा के  अन्तर छ  ?’

छोरा : ‘धेरै अन्तर छ बुबा !’

बाबु : ‘कस्तो अन्तर भन त ?’

छोरा : ‘हजुरले गधालाई छोरा कहिल्यै भन्नुहुन्न तर मलाईइ सधैं गधा भन्नुहुन्छ !’
———————-

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com