कुकुरको इमान्दारीता यस्तो हुन्छ ! -आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: ३२ श्रावण २०७७, आईतवार ०९:५७

रोहन कुकुर किन्न डग क्यानल पुगेपछी….

रोहन :  ‘साहुजी, यो कुकुर कतिको इमान्दार छ ?’

साहु : ‘चिन्ता लिनै पर्दैन । यो अति इमान्दार छ !’

रोहन : ‘इमान्दार हुनुको विशेषता ?’

साहु : ‘यसलाई मैंले तिन पटक बेचिसकेँ ! तर इमान्दारी पुर्वक फर्किएर आइहाल्छ !’

——————————

बस एक्सिडेन्ट मा घाइते बिरामी अस्पतालमा उपचार गर्दै गर्दा …

डाक्टर : ‘तपाईँ अब त ठिक भइसक्नु भयो । फेरी किन डराई रहनुभएको छ ?’

विरामी : डा’ साव, जुन गाडीले मलाई ठक्कर दियो त्यसको पछाडी लेखेको थियो – ‘फेरी भेटौँला !’
———————————-

जीवनले रुखमा चढेर इन्जिनियरिङ कलेजतिर हेरिरहेको देखेपछी…

रोहन : ‘रुखमा चढेर के हेरिरहेको यार ?’

जीवन : ‘विवाह गर्नु छ, इन्जिनियरिङ कलेजका कन्याँहरु हेरेको !’

रोहन : ‘त्यसोभए अब हात छोड्दे, अस्पतालका नर्सहरु हेर्न पुग्नेछस्  !’

—————————-

प्रेमी : ‘अचम्म भयो नि यार ! अाज राती सपनामा एउटी केटी मेरोमा अाएकी थिइन् !’

प्रेमिका  : ‘सायद एक्लै आएकी थिइँन होल ?’

प्रेमी : ‘तिमीलाई कसरी थाहा भयो ?’

प्रेमिका : ‘किनकी उनका पति मेरो सपनामा आएका थिए !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com