कोरोना भाईरसभन्दा खतरनाक ताला ! Headline Humor

प्रकाशित मिति: २ भाद्र २०७७, मंगलवार १०:१८

नेपाल-भारत सम्वन्ध : ‘संवादहीनता तोडियो, उत्साहित भईहाल्ने अवस्था छैन’ ।
आश गर्नु, भर नपर्नु । भरपर्ने भए आफैं प्रयास गर्नु ।

एसईई नतिजा सार्वजनिक भयो : उत्साह कम ।
लड्डु बाँड्ने रहर भने खोलै खोला गयो !

कोरोना संक्रमितको घरमा छिमेकीको ताला !
कोरोना भाईरसभन्दा खतरनाक भाईरस ।

प्रधानमन्त्री ओलीले भनेको पाँच दिन सकियो, भयो त नेकपामा ‘सिनारियो’ परिवर्तन ?
जवाफमा प्रचण्ड : ‘तैँ रानी मैँ रानी, कसले भर्ने हो र कुवाको पानी ?  गाग्री रित्ताको रित्तै !

‘अब पहिला जस्तो लकडसउन हुँदैन’ : उप-प्रधानमन्त्री पोख्रेल
अर्थात् आफ्नो सुरक्षा आफैँ गर्नुस्, हैनभने तड्पिएर मर्नुस् !

‘म कुनै पनि गुटमा  छैन’ : बामदेव गौतम
किनकी म आफैँ एउटा गुट हुँ ।

कोरोनाका कारण भारतबाट स्वदेश त फर्किएँ तर अव के गर्ने ?
विदेशी कान्छा र बहादुर होईन, स्वदेशी जेठो र बलवान बन्ने र खेत खन्ने ! 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com