महात्मा बुद्धकै अगाडी बुद्धभुमीको झण्डा जलाउँदा… !

प्रकाशित मिति: २ भाद्र २०७७, मंगलवार १६:१९

महात्मा गौतम बुद्धको दर्शनले सबैखाले अतिवादलाई अस्वीकार गर्छ । तर, बुद्धकै तस्वीर अगाडि राखेर बुद्धभुमीकै झण्डा जलाईएको भिडियो अतिभन्दा पनि एक कदम अगाडि छ । यो धार्मिक, सामाजिक, साँस्कृतिक र राष्ट्रियताकाे दृष्टिकोणले अत्यन्तै निन्दनीय छ ।

-सांगीतिक प्रस्तुतिका नाममा मातृभुमीको झण्डा जलाउनु कलाकारिता हैन, कलंककारिता हाे ।

-गीतका नाममा राष्ट्र निन्दा गर्नु वैचारिक मतभिन्नता हैन, मानसिक छिन्नभिन्नता हो ।

-व्यक्तीलाई मुख छाड्नु अभिव्यक्ती स्वतन्त्रता हैन, व्यक्तीगत अराजकता हो ।

-समुदायलाई गाली गर्नु बैचारिक भिन्नता हैन, साम्प्रदायीक सद्भाव भड्काउनु हो ।

-राष्ट्र निन्दा, सामाजिक अराजकताको अन्त्य गरौं । ‘सयौं थुँगा फुलका हामी एउटै माला नेपाली’को शन्देशलाई  लागू गरौं । लागू गराअाैँ । जय नेपाल ।🇳🇵 (तस्वीर सौजन्य : सामाजिक सन्जाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com