‘कोरोना भाइ’लाई ‘घिमिरे दाई’को धम्कीपत्र !

प्रकाशित मिति: ४ भाद्र २०७७, बिहीबार १८:५८

झापा जिल्ला जुरोपानीको सरोज घिमिरेले कोरोना भाइरसलाई हदैसम्मको धम्की दिएका छन् । बिश्वलाई लक डाउनमा राखेर रमिता देखाई रहेको भाइरसलाई उनले उनले भनेका छन् -‘तैंले थुन्दैमा मान्छेले निस्तै भात खान बाध्य हुन्छ भन्ने नसोच ।’

उनले अगाडि थपे- ‘मान्छेका जिउने आधार अनेक हुन्छन् । कोरोनाले नसोचोस्, मान्छेलाई भोकै मार्न सक्छु ।’ कोरोना आतंकले कलेज बन्द भएपछि घिमिरे झापा फर्किएका थिए । लकडाउन लम्बिदै गएपछी घरभित्र च्याउ फलाउन शुरु गरेका थिए ।

यो अर्धसत्य समाचार घिमिरेले आफ्नै फेसबुक अनलाईनमा छापेका छन् । ‘मान्छेका जिउने आधार अनेक हुन्छन् भनेर कोरोनालाई धम्की दिएको’ शिर्षकको उक्त समाचारमा च्याउज्युहरुलाई सम्बोधन गर्दै भनेकाछन् –

‘आदरणीय च्याउ समुदाय, फलुन्जेल डोरीमा सभापतिको आसनग्रहण गर्नुहोला । फलेपछि कराहीमा अतिथिको आसनग्रहण गर्नुहोला ! हेरौं, कोरोना र लक डाउनले के के नाप्दो रहेछ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com