अज्जब कानुन, गज्जब फैसला : ‘बलात्कार भएपनि हातपात गरेको देखिएन रे !’

प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलवार ०९:२८


कुटपिट तथा ज्यान मार्ने कसुरको उपरोक्त मुद्धामा खुट्टा भाँचेकाे देखिएपनी यातना दिएको नपाइएकोले कुनै कारबाहीको आवस्यकता नपर्ने देखिन्छ ।”
-कोईराला तीर्थ

“प्रतिवादीले कसुर गरेको हो भन्ने देखिए पनि प्रमाण नष्ट गरि दिएकाले बेकसुरदार मानी सजाय गर्न मिलेन ।”
-रवीन्द्र भट्टराई

“रकम लेनदेन भएपनि घुस खाएको प्रमाणित नभएकोले कुनै कारवाही गर्नु नपर्ने फैसला गरिन्छ ।”
-तीर्थ कोईराला

“खुकुरीले काटेपनि खुकुरी नभेटिएकोले काटेको भन्न नमिल्ने भएकोले बाइज़्ज़त रिहा गर्ने निर्णय गरिन्छ ।”
-मदन मोहन श्रेष्ठ

“मलाई थाहा नै नदिई कसैले मेरो खल्तीमा पैसा हाल्दिएकाले यसलाई कसरी घुस भन्ने श्रीमान् ?”
-प्रज्वल थापा

“जति चुटे पनि डेग नचलेको देखिँदा चुटेको भन्न नमिल्ने आदेश जारी गरि दिएको छ।”
-बाबुराम पौडेल

“बलात्कार गरेपनि हातपात नगरेको देखिएकोले सफाई पाएको हो !”
-पुष्कर भुर्तेल

-(तीर्थ कोईरालाको फेसबुकबाट )

 

*डिस्कलेमर

‘गजुरीयल डटकम’ नेपालको व्यंग्य समाचार अनलाईन हो । यसमा प्रकासित सामाग्रीलाई ध्रुवसत्य मानेर भ्रम पर्न गएमा तपाईंलाई हँसाउने हाम्रो प्रयास सफल भएको ठानिनेछ । हाम्रा सामाग्री विना सौजन्य कपियाउने, पोषःट्याउने तथा भिडियो बनाउनेलाई साईबर कानुनको दफा उहीले तोके अनुसार हिसी हमला र मर्नभ गज्स्वामीको चर्काचर्की २ घण्टासम्म सुन्न बाध्य पारिनेछ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com