ब्राजिलका रास्ट्रपतिको मुक्का: नेपालका प्रधानमन्त्रीको धक्का ! Headline Humor

प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलवार १९:०४

ओली-प्रचण्ड विवाद : घुमीफिरी रुम्जाटार
सत्ता स्वार्थको कहर चलिरहन्छ गोलचक्कर !

डेरावाल संक्रमितलाई घरबेटीले नै बनाइदिए आइसोलेसन
डाक्टर-नर्स खेद्ने टोलबासीलाई जवाफ ।

नेपालमा चीनियाँ भ्याक्सिनको क्लिनिकल ट्रायललाई स्वीकृति
चन्द्रमाको पहिलो उडानमा यात्रुको रुपमा कुकुर खोजेजस्तो त होईन होला नि !

के मास्क धोएर लाउन मिल्छ ? दिनदिनै फेर्नुपर्छ कि एउटै लगाइ रहे हुन्छ ?
हुनेले नयाँ नयाँ लाउने हो, नहुनेले धोएर लगाउने हो ।

पीसीआर रिपोर्ट नेगेटिभ हुनेहरु होटल क्वारेन्टिनमा बस्नु नपर्ने, एयरपोर्टबाटै सिधै घर जान पाइने
ज्या ! सरकारसँग सम्झौता गरेका होटेलहरु सेन्टरहरु घाटामा जाने भएछन् ।

चितवनको भरतपुर अस्पतालबाट कोरोना संक्रमित भागे
अस्पतालबाट भागेर के गर्नु भान्जा, कोरोनाले
समातिहाल्छ !

नोभेम्बरको चुनावमा धाँधली हुने ट्रम्पको दाबी
चुनाव जिते सफल भविष्यवक्ता, हारे असफल प्रवक्ता ।

पत्रकारलाई ‘मुक्का हान्न मन लागेको’ बताएपछि ब्राजिलका राष्ट्रपति अप्ठ्यारोमा
घटनना प्रति पत्रकारको टिप्पणी :  राष्ट्रपतिले खेलाडी बन्ने रहर गरे !

खनाल र नेम्वाङलाई साक्षी राखेर ओली र प्रचण्डबीच छलफल
अविश्वासीहरु, बीचको बाध्यात्मक कारोबार  कहिले होला वारपार ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com