सोह्र श्राद्धमा भर्चुअल भेटी, धन देखेपछी भिनाजुको भयङ्कर नेत्र ! Headline Humor 

प्रकाशित मिति: १४ भाद्र २०७७, आईतवार ०९:१९

भक्तपुरमा नबिकेपछि सडकमा फ्याँकियाे दूध
अवस्थासँगकाे रिस आफ्नो दुधमाथी नपोख्न गौमाताको आक्रोस !

स्थानीय तहमा तत्काल अस्पताल खोल्ने सरकारको निर्णय, बजेट पनि निकासा
स्थानीय कमिसन मुक्तीमोर्चा’ द्वारा सरकारी निर्णयको स्वागत !

भर्चुअल विधिबाट सोह्र श्राद्ध गर्न नगरपालिकाको आग्रह
पुरोहितको व्यवस्था पालिकाले गर्ने, दक्षिणामा कर कट्टि हुने !

केन्द्रीय मन्त्रीलाई प्रदेशमन्त्रीको पत्र : ‘सचिवको सरुवा छिटो नगरिदिनुस्’
छिट्टो छिट्टो सरुवा गर्नाले सेटिङमा समस्या भयो !

काँग्रेसद्वारा किसानको अनुदान दुरुपयोगमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग
आफ्ना पार्टीका मान्छे भेटिए छुन नपाईने !

काँग्रेस महाधिवेशनको सम्भावित समीकरण : ‘कृष्ण सिटौलाको ‘अर्जुन नीधि’ बन्लान् त बिमलेन्द्र ?’
बन्दैनन् किनकि यो महाभारत होईन, महा नेपाल हो !

धनुषामा तस्कर र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर
हवाई फायरको संकेत बुझेर दुवैपक्ष आ-आफ्नो बाटो लागे !

शिन्जो आबेः जापानी प्रधानमन्त्रीको राजीनामा, कारण के हो ?
स्वास्थ्य समस्या हो- उनैले भनिसके त !

ससुराले १० लाख जम्मा गरेको थाहा पाएपछि सालोको अपहरण !
धन देखेपछी भिनाजुका भएंकर नेत्र !

वामदेव राष्ट्रिय सभामा नजाने
आफु ‘भकुण्डो सभा’को प्रमुख बनेकोले दुईवटा पदमा नबस्ने स्पष्टोक्ती !

‘न्यायालय सुधार्न प्रशस्त काम गर्न नसकेकोमा पीडा हुन्छ’ – पुर्व प्रधानन्यायाधिश
मन्त्री परिषदको अध्यक्ष बन्ने लोभ नगरेको भए सुधार्न सकिन्थ्यो कि !

कोरोनाभाइरसको खोप बनाउन सघाउने रुसी प्रस्ताव, के नेपालले उत्पादन गर्न सक्ला ?
रुसको प्रश्तावलाई उसको दबाबले रोक्न सक्ने, नेपालले उत्पादन गर्न नसकेपनी उत्पात मच्चाउन सक्ने !

घर वा कार्यालयभित्रै कोरोनाभाइरस सर्न नदिन गर्नुपर्ने पाँच काम के के के हुन् ?
१. मास्क नलगाई लखर लखर हिड्ने २.मुख मुख मिलाई खानपानमा भिड्ने ३.बाहिर जाँदा सेनिटाइजर खोज्ने, घरभित्र भुसुक्क बिर्सने ४. बेला बेला सम्झिँदा ला है भन्ने ५. कोरोनाले समाए ‘जा है’ भन्ने !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com