एकाबिहानै अक्सिजन रित्याउने को हुन् ? Jokes of the day

प्रकाशित मिति: १५ भाद्र २०७७, सोमबार ११:३४

विरामी : ‘डाक्टर सा’ब, मलाई विहान उठेपछी स्वास फेर्न गार्हो हुन्छ ।’

डाक्टर : ‘विहान कति बजे उठने गर्नु भएको छ ?’

बिरामी : ‘८ बजे, डाक्टर सा’ब ।’

डाक्टर : ‘अलि छिटो उठ्नुस्, ८ बज्दा त सबै अक्सिजन रामदेवका चेलाले लिईसकेका हुन्छन् !’

************************

गुन्जन प्रसाद अफिसबाट फर्किएर घर आइपुग्नासाथ उनका छोराले एउटा मार्कसिट  हातमा थमाएपछी…

गुन्जन : ( मार्कसिट हेर्दै ) म्याथमा ३४, अंग्रेजीमा ३८, साइन्समा ३६ यो कुनै राम्रो मार्क्स हो ? तँ के पढछस् बेबकुफ !

पत्नी : ए हजुर यहाँ सुन्नु त ।

गुन्जन : तिमी चुप लाग ! तिम्रै लाड प्यारले यो पढ्नमा यति कमजोर भएको हो ! मैंले दु:ख गरेर पढाएको यसैकालागी हो र !’

पत्नी : ‘पहिला मेरो कुरा त सुन्नुस्, अनि अरु भन्नु होला !’

गुन्जन : ‘म केहि सुन्नेवाला छैन ! अब म देखाउँछु, के के गर्छु भनेर !’

पत्नी : ( चिच्याएर कराउँछिन् ) एक पटक त मेरो कुरा सुन्नुस्  ! यो मैंले दराज सफा गर्दा भेटाएको तपाईँको मार्कसिट हो !’

 

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com