५ लाख घुस माग्ने हाकिमलाई १० लाखको कोरोना !

प्रकाशित मिति: १५ भाद्र २०७७, सोमबार १२:२१

 

नरेन्द्र मोदीको ‘मनकी बात’मा लाइक भन्दा डिसलाइक धेरै
गरिबसँग ‘मनकी बात’ धनीसँग ‘धनकी बात’,
आफुसँग छलकी बात,   छिमेकीसँग ‘बलकी बात’ !

ललितपुर नगर प्रहरी प्रमुखमा सीताराम हाछेथु नियुक्त
जहाँ जाम, त्यहाँ सिताराम !

‘सम्धी विवाद’ले राष्ट्रिय वाणिज्य बैंक अध्यक्षको नियुक्ति अन्योलमा !
नियुक्ती खान चाहने जो कोहीपनी अविवाहित हुनपर्ने !

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने
मसान्तपछी पनि अशान्त भए चले चल्ला, नचले कोरल्ला !

टिकटक खरिद गर्ने अमेरिकी कम्पनी वालमार्टको इच्छा
त्यसपछी टिकटक  ‘वालटक’ वा ‘टकमार्ट’ बन्ने ट्रम्पको घोषणा !

सरकारले गर्‍यो हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त
कोरोनाले खाजा खाने बेलाको नियुक्ती- ल्हासामा सुन छ, ल्याउँ भने थुन्छ !

५ लाख ३० हजार घुस रकमसहित पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख पक्राउ
कारवाहीका लागि कोरोना भाईरसलाई जिम्मा लगाउने प्रहरीको तयारी !

अमेरिकामा प्रदर्शन जारी, ट्रम्प र बाइडनबीच आरोप-प्रत्यारोप
ट्रम्पले भने- ‘दिस ईज फेक क्लास !’, वाईडन : ‘चुनावमा देख्लास्’ !

कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
यस बारेमा कसैलाई थाहा छैन !

जर्मनीमा कोरोनाभाइरस रोक्न लगाइएको प्रतिबन्धविरुद्ध हजारौँ मानिसको प्रदर्शन
नारा : ‘कोरोना भाईरस खारेज गर !’

अमेरिकी निर्वाचनमा हुलाकबाट धाँधली हुनसक्ने कुरा किन उठ्यो ?
किनकी डाईरेक्ट धाँधली गर्न अप्ठ्यारो पर्ने हुनाले कहिँ न कहिँबाट त गर्नै पर्यो नि !

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज,  माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित  Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com