Congratulation को कांग्रेसी परिभाषा ! Jokes of the Day

प्रकाशित मिति: १६ भाद्र २०७७, मंगलवार ०८:५४


संकलन : टेक नारायण सुबेदी, पर्वत (हाल : युएई )

-देशका लागि जब नेताहरु ‘गलगाँड’ बन्न थाल्छन तब गणतन्त्र ‘गाँडतन्त्र’को रुपमा बिकसित हुन थाल्छ !

-महानायक भनेको मह+नायक बाट बनेको हुनाले मह सेवन गर्नेहरु महानायक बन्ने सम्भावना रहन्छ !

-‘कोरोना पोजिटिभ एचआईभी ‘पोजिटिभ’ भन्या त ‘सकारात्मक’ भन्ने अर्थ लाग्नुपर्ने होइन र ? पोजिटिभ हुँदा त मर्ने, नेगेटिभ हुदा बाँच्ने रे !

-एसईईको नतिजा प्रणाली पनि A+ (पोजिटिभ) B+ (पोजिटिभ) रे ! यो प्रणाली पनि एचआईभी र कोरोना जस्तै बिमार प्रणाली पो हो कि !

-‘फेयर एण्ड लभ्ली’ लगाएर गोरो हुनेभए काली भैंसी सेतो बनाएर देखाउ न त ! विज्ञापन करता है !!

-काङ्ग्रेसको कोटाबाट मास्टर भएका एकजना शिक्षक छोरोलाई congratulation को परिभाषा दिंदै रहेछन- ‘congratulation भनेको congress हरु action मा आउँदा हुने प्रतिक्रिया हो !’

-प्रधानमन्त्री ओली नपढेको हुनाले सरकार चलाउन सक्दैनन् नभन्नोस किनकी उनको सरकारको साथमा विद्या हुनुहुन्छ ।

 

*डिस्क्लेमर 
‘गजुरीयल डटकम’ नेपालको व्यंग्य समाचार अनलाईन हो । यसमा प्रकासित सामाग्रीलाई ध्रुवसत्य मानेर भ्रम पर्न गएमा तपाईंलाई हँसाउने हाम्रो प्रयास सफल भएको ठानिनेछ । हाम्रा सामाग्री विना सौजन्य कपियाउने, पोष्ट्याउने तथा भिडियो बनाउनेलाई साईबर कानुनको दफा उहीले तोके अनुसार हिसी हमला र मर्नभ गज्स्वामीको चर्काचर्की २ घण्टासम्म सुन्न बाध्य पारिनेछ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com