सर्प पाल्ने जिम्मा झलनाथ खनाल प्रतिष्ठानलाई, भ्यागुता पाल्ने जिम्मा वामदेव फ़ाउण्डेसनलाई ?!

प्रकाशित मिति: १८ भाद्र २०७७, बिहीबार १०:४३

 

भर्चुअल सोह्र श्राद्ध : पढ्न सजिलो, सिदा/दक्षिणा पुर्‍याउन गाह्रो !
लकडाउनभरी कुनै दक्षिणा नलिन पुरहितहरुलाई पितृहरुको आदेश !

पूर्व एमालेका च्याउसरी प्रतिष्ठान : मदन भन्डारी भर्सेस पुष्पलाल !
एक नेता एक प्रतिष्ठान – सरकारी ढुकुटी तानातान !

प्रधानमन्त्रीले वामदेवलाई भने- ‘डोल्पाबाट चुनाव लडनुस् ।’
वामदेवले जवाफ दिए – ‘भोट हाल्न पनि मान्छे पठाई दिनोस् ।’

राष्ट्रियसभामै लानु पर्ने गौतमको जिद्दी
राष्ट्रियसभामा नलगे लाष्टसभामै लडिरहने घोषणा !

बाँदरको अभावले अमेरिकालाई भ्याक्सिन निर्माणमा चुनौती !
ट्रम्पले बाँदरकाे अभाव पुर्ती गर्न सक्लान् त !

भारतीय अर्थतन्त्रमा गम्भीर समस्या, नेपालमा कस्तो प्रभाव पर्ला ?
नेपालमा खाली सिसी, चनाचटपट व्यवसायी बढ्ने !

टिकटकमा भाइरल हुन सरकारी गाडीको दुरुपयोग, गाडी स्टार्ट गरेर सडकमा छोडियो
जनताको धन, जनप्रतिनिधिको सोह्र श्राद्ध !

भारतले पब्जी सहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगायो
चीनले भन्यो – लद्धाखमा देख्लास् !

मोदीको ट्विट ह्याक गरेर क्रिप्टोकरेन्सीको प्रवर्द्धन ।
एप्समाथी हैन, ह्याकरमाथी प्रतिबन्ध लगाउनु पर्ने अवस्था !

निगमको भाडादरमा विदेशी एयरलाइन्सको उडान गराउन सरकारको आदेश !
नेपाल सरकारको आदेशले बिदेशी एयरलाईन्सले स्वाट्टै भाडा घटाए !

नेपाल कम्युनिस्ट पार्टीभित्र उपाध्यक्ष बामदेव गौतमले यु-टर्न लिएपछि नयाँ राजनीतिक
यु-टर्न = उत्तानो टाङ (गजुरीयल शब्दकोश)

काठमाडौंमा कौसीखेती : न महँगीको डर, न विषादीको चिन्ता
‘हाउजिङ कम्पनी’ले बनाएको घरमा कौसीखेती गर्दा दश पटक सोच्न विज्ञकाे सुझाव !

सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड
अर्कोबर्ष भ्यागुता पालनाका लागि वामदेव फ़ाउण्डेसलाई एक अरब छुट्याईने !

 

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com