चोर देख्दा पुलिस कुट्ने – भुँडी दुख्दा डाक्टर चुट्ने, को वीर ?

प्रकाशित मिति: १९ भाद्र २०७७, शुक्रबार १०:२१

समयमै मल आपूर्ति नगर्ने ठेकेदार कम्पनीलाई कारवाहीको तयारी
कारवाही विरुद्ध ठेकेदार कम्पनी आन्दोलनमा !

भदौ २१ गतेसम्म पर्खिने, मल नआए २२ गते कानुनी प्रकृयामा जाने,
अर्को वर्षको अनिकालसम्ममा कानुनी प्रक्रिया पूरा हुने !

अर्थमन्त्रीको पद गुम्ने निश्चित, ‘पावर’को परीक्षण अझै बाँकी
टावरको परिक्षण समाप्त !

ललितपुरमा आज बिहान ४ बजेदेखि कर्फ्यू,  उल्लंघन भए गोली हान्ने आदेश
आन्दोलकारीद्वारा गुलेली हान्न आदेश !

‘भारतले हामीसँग गडबडी गरे भारी मूल्य चुकाउनुपर्छ’  -चीन
‘मुल्य कितना है तो कितना ? बोलो, चुका देंगे’ -भातर 

रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन काँग्रेसको आग्रह
काङ्ग्रेसको आग्रहलाई कोरोना भाईरसले गर्यो स्वागत !

न्यायाधीशलाई सम्पत्ति विवरण बुझाउन सूचना
घुस विवरण पछि बुझाए हुने !

अर्थमन्त्री खतिवडाको कार्यकाल : आउँदा ताली, जाँदा गाली !
रहँदा खाली !

पाकिस्तानले भाङको औद्योगिक उत्पादन गर्ने,
नेपालले भाङ रोप्नेलाई पक्राउ गर्ने र भोकै थुन्ने !

पाकिस्तानले भाङबाट तीन वर्षमा एक अर्ब अमेरिकी डलर आम्दानी हुनसक्ने !
नेपालले भाङ मासेर एक बर्षमा एक लाख भोकमरी बढ्न सक्ने !

‘अनुमतिबिना मल विक्री वितरण गरेमा कारबाही’
बरु कुहियोस् । हैन त !

कोरोना ‘हटस्पट’ प्रदेश-२ का मन्त्रीहरुले नै गराए भीड, न भौतिक दूरी न मास्क
कोरोना भाईरसले भन्यो- मन्त्रीहरुबाट हामीलाई खतरा भयो !

सरकारी गाडी स्टार्ट गरेर टिकटक बनाउन चालक बाहिर निस्केपछि…
फेरि चढे !

भोक विरुद्धको सहायता अभियान जाजरकोटबाट सुरू
गफ अभियान त हैन नि ?

हेलिकप्टर निरीक्षणमै ३५ लाखभन्दा बढी खर्च
खर्चले त गर्छ नि सबथोक !

ड्युटीमा खटिएका ट्राफिक भींडद्वारा निर्घात कुटिए, ९ जना पक्राउ
भुँडी दुख्दा डाक्टर चुट्ने भींड हामी नेपाली,
चोर देख्दा ट्राफिक कुट्ने वीर हामी नेपाली !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com