आजका रमाइला चुट्किलाहरु : आँपको सट्टामा छोरी माग्ने युवा !

प्रकाशित मिति: १९ भाद्र २०७७, शुक्रबार १८:५९

एकदिन रोहन छिमेकी अण्टीको घर गएर  फर्किने बेलामा भएको कुराकानी…

अण्टी : ‘अलिकति आँप लिएर जाउ है ।’

रोहन : ‘भैगो अंण्टी, आज नलैजाउँ ।’

अण्टी : ‘नत्र लिचिपनी पाकेका छन् , लिएर जाउँ ।’

रोहन : ‘हैन, अंण्टी नलैजाउँ ल !’

अण्टी : ‘पहिलो पटक आएका छौ, रित्तो हात जान मिल्दैन । केहि त लानैपर्छ !’

रोहन : ‘अण्टी त्यसोभए छोरी दिनुस्, लिएर जान्छु !’

*************************************

शिक्षक : ‘रामु तिमीलाई न्युटनको नियम आउँछ ?’

रामु : ‘पुरा त आउँदैन, अन्तिमको एक लाईनमात्र आउँछ सर !’

शिक्षक : हुन्छ, त्यतिभए पनि भन त ।

रामु : ‘ …यसैलाई न्युटनको नियम भनिन्छ !’

*********************************************

आमा : ( छोरासँग ) ‘छोरा, तिमीले बुबाको पत्रको जवाफ फर्कायौ त ?’

छोरा : ‘अहँ, फर्काएको छैन ममी !’

आमा : ( रिसाउँदै ) ‘के रमिता हेरेर बस्यौ त, अस्ति नै फर्काउनु पर्दैन ?’

छोरा : तपाईँले नै भन्नु भएको होइन ? आफुभन्दा ठुलालाई
कहिल्यै जवाफ नफर्काउनु भनेर !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com