सलह ‘हिमाल क्रस’ गरेर चीनतिर लाग्यो, नेपाल फर्कन पाउला ?

प्रकाशित मिति: २० भाद्र २०७७, शनिबार १०:३६

विद्यालयमा घाँस उम्रियो, २२ सय निजी विद्यालय बन्द हुने !
कृषि फार्मको ‘प्रोजेक्ट’ ल्याएर अनुदान पड्काउने सन्चालकको योजना !

खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई !
तिन-तिनवटा मन्त्रालय बोक्न लगाएर प्रमलाई हेप्नी ! हामी थिएनाैं ?’ -विल्कुल बाँस्काेटा

‘अर्थमन्त्री खतिवडाको वास्तविक मूल्यांकन दुई वर्षपछि हुनेछ ।’   -डा. विश्व पौडेल, अर्थविद
अर्को सरकार आएपछी !

वडाध्यक्षले कोरोना सङ्क्रमितको परिवारलाई घरभित्र ताल्चा लगाएर थुनेपछि….
संक्रमितले झ्यालबाट चियाएर वडाध्यक्ष लाई भने – ‘बाच्यौँ भने अर्को चुनावमा चाख्लास्  !’

पौडेल पक्ष देउवासँग झनै रुष्ट  : रणनीति बनाउन आज बैठक
देउवा पक्ष पौडेलसँग त्रसित : रणनीति भत्काउन सधै छलफल !

कोरोना महामारी अझै डेढ वर्ष रहन्छः बिल गेट्स
त्यसो भए घरभाडाको ‘बिल’ बढ्ने तथा  घरको ‘गेट्स’हरुपनि बन्द हुने भए !

पुल्चोक झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि
प्रहरी कुट्ने र प्रहरीको कुटाई खानेको स्वाव संकलन जारी !

हेलिकप्टरमा घन्टाको साढे सात लाख खर्चेर गृहमन्त्री किन पुग्छन् बाढी-पहिरो आएको ठाउँमा ?
देश हेर्न, मुख फेर्न !

नेपाल छिरेको सलह ‘हिमाल नाघेर’ तिब्बत पुगेको रहस्योद्घाटन
चीनमा खुसीयाली, सलह पार्टीको आयोजना हुने !

खतिवडालाई ‘विस्थापित गरेका’ वामदेव गौतम नयाँ अर्थमन्त्री कि विष्णु पौडेल ?
बिष्णु पौडेललाई त भुमिसुधार दिनु पर्छ ।

विदेशमा मृत्यु भएका नेपाली जसको परिवारले शव समेत देख्न पाएनन् ।

गर्नु गरिस् कोरोना !
*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com