कोरोना कालका चुटकिलाहरु !

प्रकाशित मिति: २० भाद्र २०७७, शनिबार १३:४८


संकलन :
 टेक नारायण सुबेदी, पर्वत (हाल : युएई )
‘होईन यो Apple Brand ले उसको उत्पादनमा स्याउको तस्वीर  राखेर कति हेपेको हो अरु कम्पनिहरुलाई  ! उसका  सामान चाहिँ स्याउ हुने, अरुको चाहिँ काचो कोला ?’
……
‘खासमा यो SAMSUNG कम्पनीको आविस्कार चाहिँ नेपालमा भएको हुनुपर्छ । कुनै Shyam नामको  केटाले Song गाउने भएकोले SAMSUNG भएको होला !’
‘आजकल राशिफल भन्ने ज्योतिषीहरुलाई धेरै सजिलो छ । ‘यात्राको योग परेको छैन ।’ ‘व्यापार ब्यबसायमा बल नगर्नु होला ।’ ‘बैदेशिक यात्रामा शनि ग्रहले घेरेको छ ।’ यस्ता यस्ता कुरा आउछन् आजकल राशिफलमा ! क्या सजिलो बनाईदियो कोरोनाले ज्योतिषीहरुलाई !’
……
एकजना विद्यार्थीसँग सरकारी स्कुलबाट बोर्डिङ स्कुलमा भर्ना भए  । भर्ना हुनेबित्तिकै exam शुरु भएछ  । शुरुकै दिन साइकोलोजी को exam चलेछ । प्रश्न आएको रहेछ -‘What is psychology ?’ उनले उत्तर नेपाली भाषामा  लेखेछन् – ‘कसैले लेजी भएर साईकल चलाउँछ भने त्यसलाई  साईकोलोजी भनिन्छ ।’ तिनी अहिले मन्त्रीको लाईनमा छन् रे !
……
झलनाथ खनाल नागिन बन्नु भयो, बामदेव चाहिँ शेषनाग ! माधव कुमार मधुमख्खी बन्नुहोला अनि प्रचन्ड र केपि ज्यु मणी निकाल्न जाने रे ! यो हो नेपाली राजनितिको नागिन सिरियल । इन्डियन नागिन सिरियल हेरेर मनोरञ्जन लिईरहेका हाम्रा चेलीबेटीहरु अब नेपालमै नागिन हेर्न पाउनी हुने भयो । बधाई छ !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com