बैंकको पैसा सहकारीमा,सहकारीको पैसा कहाँँ ?

प्रकाशित मिति: २१ भाद्र २०७७, आईतवार १५:३३

विवादमा फसे ट्रम्प, युद्धमा मारिएका अमेरिकी सैनिकलाई भने- ‘हरुवा र बुद्धु’
सैनिकको आत्माले भन्यो – ‘एउटा लद्दु र बुद्दु नेता !’

सभापति देउवालाई निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम : पौडेल समूहलाई गगन-प्रदीपको साथ
‘ए बाबा, भलतज्गकुक्क्ष्स्खेक्व्ख्ग्ग्ज्ज’ ! – देउवाको जवाफ

आजको विनिमय दर : कति पुग्यो डलरको मूल्य ?
डलर नै फल्न छोड्यो, जति पुगेनी के भो !

पर्वतका सातै पालिकामा समुदायमा कोरोना परीक्षण, सबै नेगेटिभ
पर्वतीय क्षेत्रमा वसोवास गर्नेहरु स्वस्थ हुन्छन् भन्थे, हो कि क्या हो !

उद्यमशील युवालाई २ प्रतिशतमा कर्जा दिने कार्य अन्तिम चरणमा
उधमीले पाए की माफियाले कुम्ल्याए, बिस्तारै खुल्दैजाला !

‘अब आउने चुनावमा विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था’ मन्त्री भुसाल
यो हो नि, कृषिमा क्रान्ति ल्याउने नीति !

गर्भवती श्रीमतीको परीक्षाका लागि स्कूटरमा पार गरे १२ सय किलोमिटरको यात्रा
शिक्षाको महत्व बारे तेश्रो नेत्र सक्रिय भएछ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने सजिलो र सस्तो उपाय गुर्जोका ५ फाइदा
सजिलो र सस्तो भनेर के गर्नु, सजिलै पाउनु पर्यो नि  !

प्रमाण संकलन समूहले लिम्पियाधुराको स्थलगत अवलोकन नगर्ने
किन ? भत्ता छैन र ?!

विप्लव समूहको निशानामा रेल विभागका हाकिम र प्रचण्डका घरबेटी
घरबेटीका डेरावाललाई सोझै हिसाब माग्ने प्रयास असफल

पौडेल समूहमा प्रस्ताव : देउवाविरुद्ध आमरण अनसन !
देउवाले भने : ‘असन बसेपनी ईन्द्रचोक बसेपनी म मज्ग्येउस्ज्स्केज्श्क छैन ।’

‘अपेक्षा अनुरुप काम भएन, प्रधानमन्त्रीको छायाँमा पर्नुभयो’
पार्टी नै घाम पर्यो, कैले काहीं घाम-छायाँ भैहाल्छ नि ।

सहकारीमा थुप्रिन थाल्यो पैसा,
बैङ्कको पैसा सहकारीतर्फ आउन थालेको आशङ्का
थुप्रोले थिचेर सहकारीको ढाड कुप्रिने खतरा बढ्दै !

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com