किसानकाे दृष्टि मलतिर, ठेकेदारको कुदृष्टी ढलतिर !

प्रकाशित मिति: २२ भाद्र २०७७, सोमबार १५:४६

 

संकलन : टेक नारायण सुबेदी, पर्वत (हाल : युएई )

कृषिमल समयमा आउन नसक्नुको कारण यस्तो रहेछ – मन्त्रालयले मल ल्याउन अर्डर दिएछ । पहुँचदारलाई डेरावाल बनाएका मालदारले मल ल्याउने ठेक्का पाएका रहेछन् ! उनको मन चामलतिर भुलेकोले ल्याउनु पर्ने मलमा ‘चा’ जोडेर चामल ल्याएछन् ! यसमा उनको भनाई यस्तो छ – मलको साटो चामल ल्याएको छु ! चामल खाए पनी मल हुन्छ ! कुहाएपनी आखिर हुने त मल नै हो क्यारे !

———————–

 

अहिले विश्व दौडाहामा रहेको सलह किरामा पनि राजनीतिक चरित्र रहेको पाइएको छ  ! किनकी राजनेता बाबुराम भट्टराई र सलह किराको क्यामेष्ट्री मिल्दो जुल्दो देखिन्छ ! सलह किरा पनि एउटा स्थानमा अडिन सकेका छैनन् । हल्लै हल्लामा उडिरहेका छन् ! बाबुराम पनि एउटै पार्टीमा रहनै सक्दैनन्, लहै लहैमा दौडिरहेका छन् ! जसरी अफ्रिकाको सलह भारत, नेपाल हुँदै तिव्वत पुगेको छ, त्यसरी नै बाबुराम पनि माओवादी, खाओवादी, कमाओवादी, घुमाओवादी, गुमाओवादी, नयाँ शक्ती, पुरानो शक्ती पछी एक व्याक्ति हुँदै ऐले भारत भक्तिमा समाहित भएका छन् !

————————

 

कमरेड प्रचण्डले आफु किन  प्रधामन्त्री  हुन सकिँन भनेर   भबिस्य देखाउन काली बाबासँग जानू भएछ ! काली बाबा ले भनेछन् -ऐले तपाईलाई  निकै शक्तिशाली खड्को परेको छ । बामदेव र अग्निदेवको नियमित पुजा गर्नुस्, सबै ठिक हुन्छ ! प्रचण्डले गम्भिर भएर सोध्नु भएछ – कस्तो खड्को बाबा ? बाबाले सम्झाउदै भन्नुभएछ – खड्क प्रसादको खड्को हो !

 

 

*डिस्क्लेमर

 ‘गजुरीयल डटकम’ नेपालको व्यंग्य समाचार अनलाईन हो । यसमा प्रकासित सामाग्रीलाई ध्रुवसत्य मानेर भ्रम पर्न गएमा तपाईंलाई हँसाउने हाम्रो प्रयास सफल भएको ठानिनेछ । हाम्रा सामाग्री विना सौजन्य कपियाउने, पोष्ट्याउने तथा भिडियो बनाउनेलाई साईबर कानुनको दफा उहीले तोके अनुसार हिसी हमला र मर्नभ गज्स्वामीको चर्काचर्की २ घण्टासम्म सुन्न बाध्य पारिनेछ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com