सरकारी भन्दा सस्तो पिसिआर ! साँच्चै हो र ?

प्रकाशित मिति: २३ भाद्र २०७७, मंगलवार १०:३७

केशवराज गजुरेल

काठमाण्डौ मेडिकल कलेज ( केएमसी ) ले पिसिआर टेष्ट सरकारी रेटभन्दा झण्डै दुइ हजार कम लिने घोषणा गरेको छ । यदी यो घोषणामा ‘घुमाउराे कुरा’ छैन भने ‘क्या वात केएमसी’ भन्नू पर्छ ।

आमा मानिसको बुझाई यस्तो छ – धेरै प्राइभेट अस्पतालहरु नाफाखोर छन् !  सेवाको नाममा मेवा जोड्छन् । मेवालाई पनि पेवा बनाउछन् । उपचारको नाममा दोकान चलाउछन् ।

ठिक यसैबेला केएमसीको सस्तो समाचार आएको छ । समचार सत्य हो भने धन नहुनेले मनैदेखि स्वागत गर्नुपर्छ । धन हुनेले पनि धनैदेखी ताली बजाउनु पर्छ ।

उसो त डा. सुनिल शर्मा भरखरैदेखी उक्त अस्पतालको प्रमुखको रुपमा आएका छन् !  उनि नोवेल अस्पताल, विराटनगरबाट कहलिएका हुन् ! कहिले उपचारमा हुने कमि कमजोरीमा आलोचित भएका हुन् त कहिले दु:ख पाएकालाई सेवा पुर्याए वापत प्रशंसित पनि भएका छन् ।

डाक्टर सा’बलाई अनुरोध छ – ‘यो निर्णयले तपाईंको नाममा श्री थप्नेछ । अस्पतालको काममा हिस्ट्री राख्ने छ ! कोभिड्को नाममा खेल नहोस् , टेष्टको नाममा झेल नहोस् !

पुराना नेपाली उखानको याद गरौँ ! नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन् । तपाईं केएमसीमा मात्र नयाँ हो । सेवाको क्षेत्रमा समय धेरै कटाउनु भएको छ । अनुभवका भोटा धेरै फटाउनु भएको छ ! निर्णय छिट्टै कार्यान्वयन होस् । नौ दिनको नौलो नरहोस्, दश दिनमा बिर्स्यो नहोस् !

भोलि फेरि खुसी नउल्टियोस्, यस्तो भन्नु नपरोस् – ज्या, कुरोको चुरो त अर्कै पो रहेछ ! शुभकामाना ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com