रेल्वे ठेक्का रद्ध, ठेकेदार आमरण भनसुनमा, ल्यापटप अभाव, धुलोपाटी प्रयोगमा !

प्रकाशित मिति: २५ भाद्र २०७७, बिहीबार १०:३२

‘कोरोनासँग ‘लिभिङ टुगेदर’मा बसौं’ : उपप्रधानमन्त्री पोखरेल
‘चोरी भो चोरी भो, म मन्त्रीको डायलग चोरी भो ।’ पर्यटन मन्त्री भट्टराई

व्यक्ति बिरामी भएपछि अक्सफोर्डले रोक्यो कोरोना भ्याक्सिनको ट्रायल
व्यक्ति निको भएपछी पुन: ट्रायल गरिने !

रेल्वे ठेक्काको जालझेल खत्तम, लुटिनबाट जोगियो ढुकुटी
ठेक्का रद्ध भएपछी ठेकेदार आमरण भनसुनतिर !

दूधको बिक्री आधा घट्यो, लकडाउनमा १५ अर्ब नोक्सान
रक्सीको बिक्री यथावत, मुडडाउन प्रतिशत सुधार !

लकडाउन बिनानै पाकिस्तानमा कोरोना नियन्त्रण
भारतले भन्यो -‘ऐसा संभव नही । कुछ भाईरस हिन्दुस्थानसे भेजना चाहिए ।’

नेपाली बन मन्त्रीसँग अष्ट्रेलियन राजदूतले भने- ‘रेडपाण्डा हेर्न नेपाल आउने योजना बनाएको छु ।’
बनमन्त्रीले भने- ‘आई रहनु पर्दैन, भिडियो पठाई दिउँला । पैसा पठाई दिनुस् ।’

‘म पनि ‘कोइराला’ हो, पार्टीलाई उद्धार गरेरै छाड्छु’: रामचन्द्र पौडेल
‘उहाँ कोईराला हुनुमा हाम्रा बाको कुनै दोष छैन ।’ -शेखर कोईराला

अमेरिकामा ल्यापटपको अभाव
धुलो पाटीबाट काम चलाउन ट्रम्पको सुझाव !

जग्गाको कित्ताकाट फेरि खुल्यो, मन्त्री भन्छिन्: ‘पहिलेको निर्णय त्रुटिपूर्ण’
जग्गा कारोवारीद्वारा मन्त्रीको तस्वीरमा माल्यार्पण !

 

नेपालसहित कैयौँ देशलाई कोभिड-१९ को खोप किन्न युनिसेफले सघाइदिने
पैसाचाहीँ सम्बन्धित देशले उपलब्ध गराउनु पर्ने !

माथिल्लो सदन कि पराजित नेताहरुको व्यवस्थापन केन्द्र ?
‘ब्यवस्थापन केन्द्र हैन, कन्टेनर भन्नोस्’ – भाषाविदहरु

चीन-भारत तनाव : ४५ वर्षपछि पहिलो पल्ट सिमानामा गोली चल्यो
चलिसकेपछी गोलीले भन्यो -‘चल्नु मेरो ईच्छा थिएन, पापी मान्छेले बाध्य पार्यो ।’

यातायात व्यवसायीको चेतावनी- ‘सार्वजनिक सवारी नखोले आफैं चलाउँछौं’
कोरोना भाईरसद्वारा व्यवसायीको निर्णयको स्वागत !

भुमिगत राजनीति गरिरहेका माओवादी नेता विप्लवका छोरा डाक्टर बने
विप्लपका कार्यकर्ताका छोरा सहिद बने !

आन्तरिकतर्फ नयाँ जहाज किन्न नेपाल एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन
विचौलियाहरुको घरघरमा दिपावली !

आन्दोलनका एजेण्डा बेवारिसे , मधेशवादी दल सत्तामै लिप्त
सत्तामा रहँदा मेरा देश, सत्तामा नरहँदा हमार मधेस !

‘प्रचण्डले प्रधानमन्त्रीको ‘अफर’ गर्दा अस्वीकार गरेँ’ : रामचन्द्र पौडेल
राम्रै गर्नु भएछ ! असम्भव अफर स्वीकार नगर्दै राम्रो भयो !

लद्दाखको सीमा क्षेत्रमा चिनियाँ सेनाले पहिला गोली चलाएको भारतको आरोप
खण्डन गर्दै चीनले भन्यो – ‘अण्डा पहिला कि चल्ला पहिला हो अनुसन्धान गरौँ !’

‘समस्याको कारक हामी नै’ : ओली-दाहाल
भनेर स्वीकार गर्ने दिन कहिले आउला !

पत्रकारको नक्कली परिचपत्र बनाउने एक जनामा कोरोना पुष्टि, १९ प्रहरी आइसोलेसनमा
पक्राउपछी उनलाई प्रहरीले भन्यो – ‘लकडाउन खुकुलो भयो, अव पास चाहिँदैन !’

*डिस्क्लेमर 

यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com