बाबू दुख्न त दुखेन नि ? Jokes Corona

प्रकाशित मिति: २५ भाद्र २०७७, बिहीबार ११:२५

एउटा सिलाई पसले ( टेलर ) सबैका कपडा लिएर भागेपछी…

योजन :  ‘तपाईंको के लग्यो ?’

संयोजन : ‘मेरो त सर्ट सिलाउन दिएको, कपडा लिएर गएछ ! अनि, तपाईंको नि ?’

योजन : ‘मेरो पाईन्टको कपडा लिएर गएछ !’

योन+संयोजन : ( रुँदै बसेको एक युवासँग ) ‘अनि तपाईँको के लग्यो र ?’

युवा : ‘कपडा त म सँगै छ, मेरो त नाप नै लिएर भागेछ !’

===================

रोहन :  (रातको १२ बजे फोन गरेर ) ‘गगनजी, सुतिरहनु भएको छ ?’

गगन : ‘होइन यार, पल्टिएर मर्ने प्रयास गरिरहेको थिएँ !’

=================================

गब्बर : ( वसमा चढेर एकजना युवाको खुट्टो कुल्चिएपछी ) ‘बाबु, दुख्न त दुखेन नि ?’

युवा : दुखेको छैन हजुर, मज्जा आई रहेको छ । अझै दबाएर टेक्नुस् न !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com