दशैँ खर्च जुटाउन कित्ताकाट- तिहार खर्च उठाउन नकाट !

प्रकाशित मिति: २९ भाद्र २०७७, सोमबार १०:२३

१०० रुपैयाँको ‘केमो इन्जेक्सन’ दिन ५८ हजार एम्बुलेन्स भाडा
एम्बुलेन्स हैन एम्बुस-लेन्स भन्न पर्ने  !

बालबालिकाको भविस्यका निम्ति अभिभावकले के के कुरामा प्रोत्साहित गर्ने ?
पब्जी छोडेर सब्जीतिर, टिकटक छोडेर ठिकठाकतिर !

अख्तियारले तामेलीमा राखेका ६ वटा फाइल खोल्न ट्रान्सपरेन्सी नेपालको माग
अर्थात्, तामेलीको खेलमा दामेली झेल मिलेको आशंका !

खाद्यले किन्ने भन्सार सहुलियतको चिनी दशैंसम्म आई नपुग्ने
सहुलियतको चिनी बढी रेटममा बेच्न पाउने कुरामा व्यापारीहरु ढुक्क !

कोरोना संक्रमणमुक्त भए काठमाडौंका मेयर शाक्य !
सोल्टीलाई सोल्टीले राम्रै गरेछ !

गान्धीदेखि र ट्रम्पसम्म मुछिएको नोबेल पुरस्कार विवाद
विवादको जड : साधु र चोर बराबर भएको ठहर  !

‘बालबालिका खाली पाना हुन्, जहाँ जे लेख्यो त्यही पहिलो अक्षर बन्छन्’ : प्रधानमन्त्री
अब मार्क्सबाद हैन, दालभात लेखाैं न त !

छोराद्वारा मदिरा सेवन गरी अन्धाधुन्ध बञ्चरो प्रहार गरी आमाको हत्या
पक्राउपछी हत्याराले भने – ‘मलाई मात्र दोस नदिनुस्, रक्सी र बन्चरोलाई समेत नियन्त्रणमा लिनुस् !’

स्थायी कमिटीमा ओली र प्रचण्डको एउटै स्वर- अब मिलेर जान्छौं
अर्थात, मनले नमाने पनि बाँडेर खाने प्रयत्न गर्छौँ !

राजनीतिक षड्यन्त्र र भारतको दबाबको शिकार बनेका रामराजा
जसरी चर्चामा आए रामराजा उसरी नै बिलाए अाज !

अब २,००० रुपैयाँमा कोरोनाभाइरस परीक्षण
यो प्रतिस्पर्धा चाँडै सुन्नामा झरोस् ! 

दशैं ‘खर्च जुटाउन’ जग्गा खण्डीकरण फुकुवा !
तिहार खर्च उठाउन पुन: रोक्का गरिने सम्भावना !

 

फोटो साभार : सामाजिक सन्जालबाट

*डिस्क्लेमर 

यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com