खाना खाए लगत्तै सुत्नु नहुने कारण – डा. यमराजको सुझाव  Jokes of the day

प्रकाशित मिति: ३० भाद्र २०७७, मंगलवार ०८:३५

रोहन : ‘साजन, आज मैले पचास पैसाको सिक्का भेटेँ नि !’

साजन : ‘मेरो ५० पैसा हराएको थियो, तिमीले भेटेकै हुनुपर्छ ।’

रोहन : ‘मैले त २५ पैसाका दुइवटा सिक्का पो भेटेको हो त !’

रोहन : ‘यी मेरै हुन्, भुइमा खस्दा टुक्रिएर दुइटा भएका हुनसक्छन् !’
———

आमा : ‘छोरा, खाना खाने वितिकै किन सुत्नु हुँदैन, तिमीलाई थाहा छ ?’

छोरा : ‘पुरै थाहा छ ममी ।’

आमा : ‘किन भन त ?’

छोरा : मोबाइल नरिसाओस् भनेर त्यसलाई खेलाउन !’
——–

एकजना डाक्टर सुतेकोबेला मध्यरातमा टेलिफोन आएपछी…

विरामी : ‘हेलो डाक्टर साब ।’

डाक्टर : ( अर्धनिद्रामा ) ‘म सुति सकेको छु, भोलि कल गर्नुस् !’

विरामी : ‘डाक्टर तपाईँले लेखिदिएको औषधिले मेरो भमिट त रोकियो तर श्वास प्रश्वास एकदम मन्द हुँदै गयो !’

डाक्टर : ‘चिन्ता लिनु पर्दैन, बिहान सम्ममा त्यो पनि रोकिन्छ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com