भुकम्प आउँदा सर्वसाधारण घर बाहिर, भिआईपी घरभित्र पसे !

प्रकाशित मिति: ३१ भाद्र २०७७, बुधबार ११:१६

देशका विभिन्न भागमा भुकम्पको धक्का महशुस
फर्किने बेलामा भुकम्पले भन्यो – ‘पर्खी बस, फर्की आउँछु ।’

भुकम्पको धक्कापछि सर्वसाधारण घर बाहिर निस्किए
भिआईपीहरु पनि त निस्किए होला !

गाउँका ‘पञ्च’हरुले प्रहरी भेट्न नदिएपछि बलात्कार पीडितद्वारा आत्महत्या
मृतात्माद्वारा पन्चको निन्द्रा गायब गर्ने क्रमको शुरुवात !

बढी मूल्यमा प्याज विक्री गरेको अभियोगमा एक व्यवसायी पक्राउ
प्याजले भन्यो- ‘दोष ब्यापारीको हैन, कोरोनाको हो  !’

किसान आन्दोलन : चियाको न्यूनतम मूल्य दिलाउने प्रतिबद्धता
पोहोरपनि यस्तै प्रतिबद्धता गरिएको जानकारी  !

सरकारको अपिल : अझै संकट टरेको छैन, कोरोनालाई हल्का नठानौं
अर्थात् सरकारले ‘रामराम’मात्र भन्छ, काँध थाप्ने काम जनता आफैं गर्नुहोला ।’

छद्म जनमत तयार गर्ने मिडियाको बढ्दो ताकत देखिन थाल्यो
फेकक्रान्तीको शुरुवात !

कपनबाट  १३ लाख लुट्ने थुनुवाको समूहलाई कोरोना संक्रमण पुष्टि
शुभ समाचार ! लाग्नु पर्ने नै यस्तैलाई हो  !

नेपालको क्षेत्रफल बढ्यो, अब १,४७,६४१.२८ वर्ग किलोमिटर
पढ्न पाईन्छ, जोतभोग भने आकाशको फल आँखातरी मर !

देउवा अचेल दिनदिनै तीन घन्टा कार्यकर्ताका कुरा सुन्छन्, बोल्छन् तीन मिनेट
ठिक गरेछन् वड्डाले । तिन घण्टा बोलेपनी बुझिने कुरा ३ मिनेट बराबरकै आउने हुन क्यारे !

मन्त्रीको सुविधासहित खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त
अर्थात्, खाईपाई आएको सुविधा नघट्ने गरी योग्यता अनुसारको विज्ञतामा घटोत्तरी गरिएको छ ! 

फोटो साभार : सामाजिक सन्जालबाट

*डिस्क्लेमर 

यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com