नयाँ अर्थमन्त्री क. हस् बहादुर भैहाल्छ नि !

प्रकाशित मिति: १ आश्विन २०७७, बिहीबार १०:५८

लामो दुरीका सार्वजनिक गाडीको सेवा आजबाट सुरु
सरकारले रामराम भन्ने, काँध नथाप्ने !

मोदीलाई जन्मदिनको शुभकामना दिँदै ओलीले भने– ‘सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्नेछौं ।’
दक्षिणी एसियाली वेरोजगार दिवसको मङ्गलमय शुभकामना !

संवैधानिक आयोगका ४८ पदाधिकारीमा भागवण्डाको तयारी
विश्वकर्मा प्रवृती भागाभाग – गणेश प्रवृती मलामाल !

‘पार्टीमा फरक मत राखेको होईन, सुझाव दिएको हुँ’ : माधवकुमार नेपाल
सुझाव भन्दा धेरै दिने अवस्थापनि त छैन !

जापानका नयाँ प्रधानमन्त्री सुगालाई काङ्ग्रेस नेता पौडेलले दिए बधाई
जवाफमा सुगाले भने- ‘तपाईंलाई बधाई दिन नपाईएला जस्तो छ । दोमो आरिगातो ।’

साझा पार्टी : हामीलाई चाहिएको कल्याणकारी राज्य कि समाज ?
सबैभन्दा पहिले चाहिएको त कल्याणकारी नेता हो हजुर नेता !

कंगनाले भनिन्, ‘जयाजी, तपाईं र तपाईंको इन्डष्ट्रिले कुनै थाल दिएको छैन, दुइ मिनेटको भूमिका पनि हिरोसँग सुतेपछि पाइन्छ’
पोलखोल !

‘मन्त्रालयले घिसिङलाई नै पुनर्नियुक्तिका लागि प्रस्ताव गरेको छ’ : उर्जामन्त्रीको सचिवालय
पुन: नियुक्ति भए घिसिङलाई न्यानो, नभए मन्त्रीजी पानी माथिको अभानो !

भारतको आर्थिक सङ्कुचनले नेपालमा पर्न सक्ने प्रभाव
राम्रो, सस्तो पारी कटाउने, कुहिएको महंगो यता पठाउने !

हराएको फोनमा ‘बाँदरको सेल्फी’ भेटिएपछि मोबाईल बाँदरले फेला पारेको संकेत !
बाँदरले सेल्फी खिच्न थालेपछी मान्छे तनावमा !

‘पार्टीलाई बलियो बनाउनुपर्छ’ : कांग्रेस नेता भण्डारी
‘गुटबन्दीलाई अझै कसिलो बनाउनुपर्छ !’ – गुटबन्दी नेता

अब डा. खतिवडा पर्दा पछाडिका अर्थमन्त्री !
पर्दा अगाडीका नयाँ अर्थमन्त्री क. हस् बहादुर भैहाल्छ नि !

*डिस्क्लेमर

यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com