मलाईपनि फरवार्ड गर्दिनु त ! Jokes of the day

प्रकाशित मिति: २ आश्विन २०७७, शुक्रबार ११:१२

पहिला पहिला कोहि ऐना हेरेर एक्लै हासेको देख्दा यो मान्छेमा प्रेत चढे जस्तो छ भन्ने चलन थियो !

आजकल एक्लै बसेर मोवाईल हेर्दै हाँसेको देख्यो कि भन्ने गरिन्छ – ‘ए , के हेरेको मलाई पनि सेण्ड गर्देउ न !’
———————

सुदन – दोवाटोमा उभिएर बाइकको चाबीले घुमाई घुमाई कान कोट्याइ रहेको थिए ! त्यतिखेरै…

विपरित दिशाबाट आएका एकजना युवाले उनलाई नियालेर हेरेपछी भने – ‘दाई, सायद तपाईँ स्टार्ट हुन सक्नु भएन जस्तो छ, म धक्का लगाई दिउँ  !’
————————–

गौरवले स्कुलबाट आउनासाथ आमालाई भन्यो – ‘आमा, आज मैले मेरो साथीलाई मज्जाले कुटेँ नि !’

आमा : ‘किन त्यसरी कुटेको त ?’

गौरव :  मेरो बलपेन उसको खल्तीमा थियो, माग्दा पनि दिएन, अनि ठटाइदिएँ  !’

आमा : ‘गौरव, तिम्रो पेन त घरैमा छोडेका थियौ त !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com