एसिडमा सिक्का घुल्ने कुरा ! jokes of the day

प्रकाशित मिति: ५ आश्विन २०७७, सोमबार ०९:४५

रोहन विवाहको लागि कन्या माग्न गएपछी…..

केटीका बाबु : ‘तपाईँकोआगामी प्लान के छ, भन्नुस् त ?’

रोहन : ‘चिन्ता लिनै पर्दैन हजुर, क्लियर छ !’

केटीका बाबु : ‘ कसरी ?’

रोहन : ‘दाईजो धैरै दिए बसेर खाने, नदिए खाडीतिर जाने !’

==================

साइन्स ल्याबमा पढाई भइरहेको बेला आफ्नो खल्तीबाट सिक्का निकाल्दै शिक्षक….

शिक्षक : बाबु नानी हो, म, यो सिक्कालाई एसिडमा डुबाउदैछु ।  यो घुल्छ की घुल्दैन भन त ?

विद्यार्थीहरु : ( एउटै स्वरमा ) ‘एसिडमा सिक्का घु्ल्दैन सर !’

शिक्षक : ‘ल एकजनाले भन त, कसरी थाहा पायौ ?’

रोहन : ‘सिक्का घुल्ने भए तपाईँले खल्तीबाट झिक्नु हुन्नथ्यो सर,  हामीलाई माग्नु हुन्थ्यो  !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com