एउटा मन्त्रालय थप्दा यति खर्च बढ्छ, मंत्रीलाई बुलेटप्रुफ कार, देशलाई रिणको भार !

प्रकाशित मिति: १५ आश्विन २०७७, बिहीबार ०९:१०

प्राधिकरणको चिन्ता : रातमा खेर गइरहेको करोडौंको बिजुली के गर्ने ?
अफ्रिकाको घाना र बुरुण्डीतिर अनलाईन सप्लाई गर्ने सरकारको योजना !

बली दिन भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार
बली दिन लैजाने र बली दिन खोज्नेलाई नै बली दिन माग !

बलात्कारबारे गृहमन्त्री भन्छन् : ‘सवा २०० देशको अवस्था हेर्दा धेरै चिन्तित हुनुपर्दैन ।’
‘बलात्कारी संयुक्तमोर्चा’द्वारा गृहमंत्रीको भनाईलाई स्वागत !

बामदेवको मुद्दा ‘हेर्दाहेर्दै’मा, मन्त्री बन्न सक्ने सरकारको तर्क
तर्क सुनेर नैतिकताले शिर निहुर्यायो !

बलात्कारीलाई मृत्युदण्डबारे अध्ययन गर्न संसदीय समितिको निर्देशन
अध्ययन गर्दागर्दै कति बलात्कार भईसक्ने हुन् , त्यो पनि ध्यान दिन सुझाव !

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा : असफललाई नै काखी च्याप्नुपर्ने बाध्यता !
बाध्यताको कारण : असफलबाटै फल मिल्छ त क्यारुन ?

कोरोनाभाइरस पत्ता लगाउन कुकुर
‘कुकुर हैन, अब वैज्ञानिक भन ।’ -कुकुर मोर्चा

आजदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन
सामानसंगै कोरोना भाईरसपनि सहुलियतमा मिल्न सक्ने !

‘सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति छ’: प्रधानमन्त्री ओली
सरकार जगत र संचार जगत सुन्दा र भोग्दा फरक केही छ र !

अरू देशमा कोरोना भाइरस पर्यटनः नओर्लिने विमानमा चढेर यसरी हुन्छ यात्रा
ओर्लिएपनि कोरोनाको डर, नओर्लिए मरिनेको डर : डर एयरलाईन्स !

दुई सातापछि भारतमा मल्टिप्लेक्स र थिएटर पनि खोलिँदै
कोभिड १९ द्वारा स्वागत !

अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान शुरु
केही वर्षपछि अमेरिकन फौजी नियन्त्रणको गर्नुपर्ने !

खर्च घटाउने प्रतिवेदन दराजमा थन्क्याएर मन्त्रालय थप्ने तयारी
सम्भावित मंत्रीका साला तथा ज्वाईंका घरमा दिपावली, जनतामा प्रेसरको समस्या बढ्दै

एउटा मन्त्रालय थपिँदा कति बढ्छ खर्च देशलाई ?
यहाँ भागवण्डाको छ चिन्ता, तिमी खर्च खर्च भन्छौ, साँच्चै नबुझ्ने हौ कि नबुझे जस्तो गर्छौ ?

(तस्विर : शिलापत्र डटकम)

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com