डा. केसीको जीवन-रक्षा गर्न नागरिकको दबाब, प्रदेशको राजधानी तोक्न सुझबुझको अभाव !

प्रकाशित मिति: १९ आश्विन २०७७, सोमबार ०९:१६

 

एकैदिन सङ्क्रमितमध्ये ५५-६० प्रतिशत काठमाण्डू उपत्यकाभित्रका मात्रै, यसले के सङ्केत गर्छ ?
कोरोनासँग भागेर होइन, मिलेर बस्नुको मज्जा !

सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर
स्वार्थ अनुकुल रहुन्जेल शान्ति सम्झौता नतोड्ने सहमती !

ज्यान मार्ने कसुरदेखि अपहरण मुद्दासम्म लागेकालाई नेकपाले सुम्पियो विराटनगर युवा संघको नेतृत्व
चोरको हातमा चाबी दिएर धनसार रक्षा को धृष्टता !

रघुजी पन्त भन्छन्- ‘युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउने सरकारको निर्णय उपयुक्त’
एमसीसी सहयोग माथिको कनकन, उनैले गर्नेछन, गनगन् !

‘सिद्धान्त र विचारको भागबन्डा हुन सक्दैन’- इश्वर पोख्रेल
खाली ठाउँमा बस्न सक्नु हुन्छ !

प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण
संक्रमण पछी उनिहरुले भने – ‘ढुक्क हुनुस्, केही नहुन्जेल केही पनि हुँदैन ।’

कोरोनाबाट संक्रमित डोनाल्ड ट्रम्पलाई अस्पताल लगियो
अस्पताल पुगेर ट्रम्पले भने – ‘आई एम फेक ।’

कोरोनालाई खेलाँची ठान्दैछ काठमाडौं !
भन्यो – ‘सालेलाई भकुण्डो बनाएर खेलनी हो ।’

पाँचतले घर भाडामा लिएर खाद्य पदार्थमा नक्कली लेबल राख्ने धन्दा
कोरोनाको नक्कली भ्याक्सिन पनि बनाउने योजना थियो !

मुख्यमन्त्री पोखरेल सवार गाडीमाथि ढुंगा प्रहार गर्ने ९ जना पक्राउ
पक्राउ पर्नेले भने- ‘माग पुरा गराउन ढुंगामुढा गर्न सिकाउने उहिले उहाँ नै हो ।’

निषेधाज्ञा खुलेपछि एकाएक किन बढ्यो जग्गाको रोक्का ?
किनकी त्यो उहाँहरुलाई नै थाहा होला !

अनसनरत डा.केसीको अवस्था गम्भीर, अक्सिजन दिन थालियो
उहाँको जिउज्यानको रक्षा गर्न सरकारलाई चौतर्फी दबाबको अभाव

कोरोना महामारीः नेपालले चीनलाई उछिन्यो
‘थुरथुर काँपे पनि डराईहाल्नु पर्ने अवस्था चाहिं छैन ।’क. बादल

उपचार गराइरहेका ट्रम्प निस्किए मोटरकेडमा, चुनावको चर्चाले पुर्‍यायो समर्थकबीच
‘सक्कली ट्रंप अस्पतालमा, नक्कली सडकमा ।’ – वाइडन

प्रदेशको राजधानीको विषयमा नेकपाभित्रै चरम असन्तुष्टि, काँग्रेसको आन्दोलनमा नेकपाका कार्यकर्ता
हरेक नेपालीका घर घरमा राजधानी बनाउन माग

लक्षण देखिएकालाई मात्र परीक्षण गर्दा बढ्यो संक्रमण, दशैं तिहारको बीचमा कोभिड १९ को ठूलो जोखिम
राम भरोसे !

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com