यातायात कार्यालयमा के बुझाउने, कर कि कमिसन ?

प्रकाशित मिति: २३ आश्विन २०७७, शुक्रबार ०९:२६


-केशबराज गजुरेल

यातायात कार्यालयको कार्यशैलीले सेवाग्राही आजित भए । उनिहरुले केहि गर्न सकेनन् ! रिस फेर्ने औषधीको रुपमा ज्ञानेन्द्र शाहीलाई बोलाए ! दलबल लिएर शाहीजी यातायात कार्यालय पुगे । कर्मचारी र कार्यालयका कमजोरी पत्ता लगाए ! दरिला प्रश्नले प्रमुखको कठालो समाएर नाजवाफ बनाए !

सेवा दिने काममा यातायात कार्यालय चुकेको र कमजोरी स्विकार्दै कर्मचारी झुकेको भिडियो बनाएर भाइरल गराए । एकातिर उनको यस कामलाई हाई हाई गर्ने धैरै छन् । अर्कातिर कानूनी राज्यको उपहास भयो भन्नेहरु पनि छन् । मानौँ, ज्ञानेन्द्र शाहीले गल्ती गरेछन्犀利士
, कानून चलाउन् खोजेछन् ! सांसद पद पाएकै छैनन्, मन्त्रीकै भुमिका भ्याएछन् ! यहाँ, प्रश्न उठ्न सक्छ – यिनले यस्तो गर्न मिल्छ र ?

केहि नलागेपछि के गर्नु त ! कुनै भाँडो खाली रह्यो भने तुरुन्तै हावा भरिन्छ ! यो दुनियाँलाई थाहा छ भने  सरकारलाई थाहा नहुने कुरै भएन ! हावा नाभरियोस भन्नेले आवस्यकता अनुसारको सामग्रीले भर्नुपर्छ ! आफ्नो जिम्मेवारी पुरा गर्नु पर्यो नि ! ढोकामा ताल्चा राम्ररी नलाउने अनि अरुलाई चोर लाएर हुन्छ त !?

सेवाग्राहीलाई घण्टौँसम्म लाइनमा कुराइन्छ ! सेटिङ मिलाए विचौलीयालाई झ्यालबाट भित्र छिराइञ्छ ! जसले सेटिङमा रेटिङ मिलाउन सक्यो, उसको काम छिट्टै हुन्छ ! नियम पच्छ्याउने बबुरो धुरुधुरु रुन्छ ! यो एकादेशको कथा होइन, यातायात कार्यालयको पुरानै कथा हो ! निरन्तर जनताले भोग्दै आएको ब्यथा हो !

देशमा बहुदल
आयो, प्रजातन्त्र हुँदै गणतन्त्र आएको छ ! तर, जुनसुकै तन्त्रले पनी यातायात कार्यालयमा थिती बसाउन सत्बुद्धी पलाउने मन्त्र बाँड्न सकेको छैन ‌! अर्थात् , समय बदलिए पनि कर्मचारीको प्रवृति बदलिएको छैन, करप्सन् र ढिलासुस्तीको प्रकृति मात्र फरक भएको छ !

आजपनी जनताले प्रश्न गार्दैछन्- सरकार, देशलाई थितिमा चलाउनु पर्छ भन्नेमा हाम्रो पूर्ण समर्थन छ । तर, सरकारले यस्ता बेथिति  बदल्न किन सकेन ? हाम्राे गहिरो जिज्ञासा छ ।


(तस्वीर सौजन्य : अनलाईन खबर)

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com