ल हेर्नुस, शशी भाउजुको बठ्याँइ ! Joke of the day

प्रकाशित मिति: २५ आश्विन २०७७, आईतवार ०९:३१

शिक्षक : ( साइन्स कक्षा मा ) ‘रामु, आकाशतिर फालेको बल के कारणले पुन: तलै झर्छ, भन त ?’

रामु : ‘आकाशमा खेलाडी  नभएकाले सर !’

@@@@

डाक्टर : ( विरामीसँग ) ‘के हुन्छ भन्नुस् त ?’

विरामी : ‘मलाई कलेजो दुखेको महशुस हुन्छ डाक्टर सा’व !’

डाक्टर : ‘तपाईँ अल्कोअल पिउनु हुन्छ ?’

विरामी : ‘भैहाल्छ नि ! साँझ परेकै छैन, अलीसानो पेग वनाऔँ  है !’

@@@@

शशी : ( पतिसँग ) ‘सुन्नु न, तपाईको रातो कलरको सर्ट मैंले स्त्री गर्दा जल्यो नि !’

पति : ‘ ए, केहि फरक पर्दैन, मसँग त्यस्तै अर्को पनि सर्ट छ !’

शशी : ‘म लाटी छु र ? मलाई पहिल्यै थाह थियो, त्यसैले मैंले त्यसलाई काटेर डढेको सर्ट टालि सकें !’

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com