बिदेशी ड्रिङ्क्स फुकुवा, स्वदेशी मदिरा पोखुवा ! Headline Humor

प्रकाशित मिति: २६ आश्विन २०७७, सोमबार ११:०२

कोभिड- १९ को महामारीबीच एसिया बन्दैछ भूराजनीतिको ‘हटस्पट’
‘हटस्पट’ बनाउनने कार्यमा स्थानीय देशका ठेकेदारहरु सक्रिय !

स्पेनमा साझा पार्टीको राष्ट्रिय समिति गठन, अध्यक्षमा गोरखाका दीपक
चुनावी खर्चका लागि डोनरको लिस्ट तयार, दिपकलाई बनाईयो मुख्य कलेक्टर !

सरकार र अनसनरत डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति
‘डाक्टरको र्याईँ र्याईँ-सरकारको घुमाई’बीचको अस्थाई मिलन !

‘यो वर्ष हामी नयाँ नोट सटही गर्दैनौं’ : राष्ट्र बैंक
‘ब्यापारबट्टा छैन सुकिसके ओंठ, किन चाहियो हामीलाई ऐले नयाँ नोट’ ! – सर्वसाधारण

‘महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि पर्‍यो’ : मन्त्री ज्ञवाली
‘कित्ताकाट’ पक्षको आन्दोलनमा काठमाण्डौ अगाडि !

एक्लिँदै रवीन्द्र मिश्र : ‘वैकल्पिक शक्ति’ भित्र पहिरो !
घर बलियो बनाउन जग दर्हो हाल्नुपर्छ’ -बुढापाका

फर्केला असन, इन्द्रचोक र महावौद्धको व्यापार ?
कोरोनाको भ्याक्सिनको व्यापार सफल भएपछी अवस्य फर्केला !

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव दर्ता
बालुवाटार र खुमलटार द्वन्द, नयाँ स्वादको गन्ध !

विदेशी मदिरा आयातको प्रतिवन्ध फुकुवा गर्ने निर्णय
दशैँ आयो, खाउँला पिउँला, कमिसनपनी दिउँला !

कोरोना भाइरस नेपाल: काठमाण्डूमा जोखिम कम गर्न ‘गर्नैपर्ने तीन काम’
कि आफैं जान्ने, कि भनेको मान्ने, कि राम राम भन्ने !

चम्ल्याहा छोरी जन्मेपछि यस्तो उत्साह, ‘कसैले नराखेको नाम राख्छु’- बच्चीका पिता
‘नामले मात्र काम बन्दैन, स्वास्थ्य र शिक्षा दिनु’ -जान्नेहरु

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com