हिजो पृथ्वी नजिक आएको मंगल ग्रहमा क-कसले के के देखे ?

प्रकाशित मिति: २८ आश्विन २०७७, बुधबार ०९:१२

 

कर्णालीमा मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति, मन्त्रिपरिषद् पुनर्गठन हुने
बाँडचुँड मन्त्रालय गठन हुने, ‘तैं चुप मै चुप’को आधारमा कार्य विभाजन !

मंगल ग्रह ठूलो र चम्किलो देखिँदैछ
जग्गा दलालहरु उत्साहित !

सयौंलाई पार्टी प्रवेश गराउँदै बाबुरामसहित ‘जसपा’ शीर्ष नेता: न मास्क, न दूरी
जसपा अर्थात् जसो गरेपनि हुने पार्टी !

गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्ने नक्कली डाक्टर पक्राउ
अस्पतालमा सक्कली डाक्टर नभेटिएपछि यसो गर्नु परेको आरोपितको बयान

भूगर्भविद्ले अध्ययन गरे भालुबाङ क्षेत्रको भूकम्पीय जोखिम
धरातलीय भुकम्पको सम्भावना कम भएपनि राजनैतिक पराकंप गईरहने !

राजेश हमालको कार्यक्रम ‘जातको प्रश्न’ विवादमा
संवाद जरुरी !

भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी
संक्रमण नेपालतिर सल्काएको सम्भावना !

कोरोना भाइरस चीनः ९० लाख मानिस बस्ने सहरमा पाँच दिनमा सबैको परीक्षण गरिने
त्यति जाबो परिक्षण पाँच दिन हैन, पाँच छिनमा गर्छौं तर सक्दैनौं र पो !

अधिकमासः दशैँ कसैले भदौमा मनाए, कसैले असोजमा -‍ तर यसपालि धेरैको टीका किन कात्तिकमा
कोरोनाले चैत्रमा पुर्याउलाजस्तो छ !

डीडीसीकै गोदाममा साढे १६ करोड मूल्य बराबरको म्याद नाघेको बटर
बेच्न हैन, होम गर्न राखेको कम्पनीको स्पष्टोक्ति !

कोरोना संक्रमितको उद्धार अब सिम्रिक एयरबाट, मेडिकल टिमसहित विशेष सुरक्षा
राम्रो कामको शुरुवात । उद्धारमा झेल नहोस्, कमिसनको खेल नहोस् !

चुनाव प्रचारमा फर्किएका ट्रम्पले भने, ‘अब सबैलाई किस गर्न सक्छु’
किसको साथमा कोरोना उपहार !

ट्रम्प फ्लोरिडाको निर्वाचन र्‍यालीमा, भन्छन् ‘म रोग प्रतिरोधी भएँ’
वाईडन भन्छन- ‘शोकको प्रतिरोध गर्न सक्दैनन् ।’

सुशान्त सिंह राजपूत काण्ड : बलीवुडका सलमान खान, शाहरुख खान र आमिर खान समाचार प्रस्तोताविरुद्ध अदालतमा
बलिउडमा खानजीहरुलाई गरिखान गाह्रो बनाए !

हिजो पृथ्वी नजिक आएको मंगल ग्रहमा क-कसले के के देखे ?
मोदीले हिन्दु सम्राट बनेको सपना देखे, ट्रंपले विश्व सम्राट
जिनपिङ्गले विश्व विजेता बनेको सपना देखे, पुटीनले भ्याक्सिन

 

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com