पहिले डिपोजिट अनि मात्र उपचार : मान्छेमाथी कुमान्छेको अत्याचार ! Headline Humor

प्रकाशित मिति: ४ कार्तिक २०७७, मंगलवार १२:०३

संक्रमितलाई सरकारी अस्पतालको उर्दी : ‘पहिले डिपोजिट, अनि मात्र उपचार’
धनवादी गणतन्त्र नेपालको स्वस्थ नीति : सक्ने बाँच , नसक्ने मर !  फेरी डिपोजिट गरेर उपचार गर्नेहरु ठिक नै हुन्छन भन्ने ठेगान छ र !

‘देउवालाई मैले भनिसकें- मलाई सहयोग गर्नुस् नत्र तपाईंविरूद्ध सभापति लड्छु’- कांग्रेस नेता गोपालमान श्रेष्ठ
जवाफमा देउवाले भने – ‘अच्छिँउ खाएँ बच्छिउँ खाएँ, नकराउ झुछे बारुला !’

चीनियाँ कम्युनिष्ट पार्टीसँग भोलि प्रचण्ड सहितका नेताले भर्चुअल छलफल गर्ने
वार्ताको एजेन्डा : चिनियाँ नेताले छिन्न खोज्ने, नेपाली नेताले छिन्न खोज्ने !

भारतले लद्दाखमा पक्रियो एक चिनियाँ सैनिक
भारतले पक्रिएको होइन, चिनियाँ शैनिक भाग्न नसकेको चीनको स्पष्टोक्ति !

१० दिनमै पाकिस्तानले हटायो टिकटकमाथिको प्रतिबन्ध
देशभन्दा टिकटक बलियो !

दसैं भत्ता : सरकार र सभामुख चुक्दा सांसदको बदनाम
जनताले थाहा नपाएको भए काम हुन्थ्यो, थाहा पाएको हुनाले बदनाम भयो !

अपरेसन ‘रिचार्ज कार्ड’मा समातिए मोटरसाइकल चोरी गर्ने तीन व्यक्ति
रिचार्ज कार्ड १०० कि ५० को ?

आप्रवासी मतदाता जसले अमेरिकी निर्वाचन छिनोफानो गर्न सक्छन्
घर साँङ्लाको ठोकाई भन्दा बन साँड्लाको टोकाई निर्णायक हुने संभावना !’

रेडक्रसमा अनियमितता : पूर्व पदाधिकारीले फिर्ता गर्न मानेनन् भूकम्पपीडितको पैसा, पुन: ताकेता
ठगि नै धर्म हो, छाला नै चर्म हो !

नयाँ अध्ययनको खुलासा : सुँगुरमा पाइने अर्को कोरोनाभाइरसले पनि मानिसलाई संक्रमण गर्न सक्ने
सुंगुरा भाइरस !

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

(PIC+ SOCIAL MEDIA)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com