ज्वोरोना र कोरोना चेपुवामा दशैँ !

प्रकाशित मिति: ९ कार्तिक २०७७, आईतवार १२:०६

लेखा समितिलाई अख्तियारको जवाफ – मिश्रका कारण गोकुल बास्कोटामाथिको छानबिन रोकियो
अनुसन्धान घिउ बेचुवा र तरबार बेचुवाको चेपुवामा परेको आशंका !

अमेरिकाको राष्ट्रपति निर्वाचन : नेपाल नीतिमा परिवर्तन आउला ?
दुई चारजना बढीलाई डिभी चिट्ठा आउला, राम्रा मान्छेहरुको ब्रेन ड्रेन गराउला !

पचली भैरवलाई कुमारीसँग भेट गराइयो (फोटो फिचर)
भैरव र कुमारीले आपसमा हेराहेर गरे तर चुइँक्क बोलेनन् !

कर्णालीमा ओली पक्षको हार, माधव नेपाललाई फकाउने प्रयास पनि असफल
टंकी हानेर गोटी छिराउने बानी परेका नेताहरु छन्, भन्न सकिन्न ।

स्वस्थ रहन मासुको सेवन यसरी गरौं
हुनेले सिङ्गै खसी भ्याउँ, नहुनेले झिंगा भन्केका, बासी थन्किएका भएनी ल्याउँ !

नेपाली कम्निस्टहरु सत्तासुखको वेदीमा आफ्ना यावत संकल्प र वाचालाई बलि चढाउँछन्
कम्युनिष्ट आदर्श सत्ता प्राप्तीको बलियो अश्त्र  बन्दै !

सरकारले हात झिकेको भन्दै कोभिड–१९ व्यवस्थापनमा जुट्यो काँग्रेस
बिपी स्वास्थ्य प्रतिष्ठानमा रु ६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने !

कर्णालीको नजिरले प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्रीहरूको कुर्सी जोखिममा
लहरो तान्दा पहरो गर्जन्छ भन्ने कुरा बुझ्नु पर्यो नि !

पर्सामा नेकपा कार्यकर्ताबीच कुटाकुट, आठ घाइते
कुटाकुटको कारण : कमाउनिष्ट संगठनमा समान सहभागिता सम्वन्धी  विवाद हुनसक्ने !

ट्रम्पका सुरक्षा सल्लाहकार भन्छन्- चीन शताब्दीकै खतरा हो
अमेरीकी अहंकारका निम्ति मात्र !

धमाधम दशैं भत्ता फिर्ता गर्दै गण्डकीका सांसद, जसपाको बाँकी
फिर्ता गरेकोमा माननीयहरुको दशैँ घरझगडामा परिणत हुने खतरा !

कस्ता छन् त कलाकारका दसैँ योजना ?
अक्टोवरमा अमेरीका, नोवेम्बरमा नर्वे  भन्ने दिन सक्किगए, घरभित्रै थन्किने !

ओली–प्रचण्ड ‘रिलेसन’– न सम्बन्ध, न सम्बन्धविच्छेद !
अब नेकपा एकपा हैन, दुकपा हुने भो !

प्रधानमन्त्रीले किन भेटे ‘र’ प्रमुखलाई ?
र-हरले ?  र-माईलोको लागि ?  र-जगज गर्नलाई ?  र-णनीति हो, र-क्तपातको सम्भावना ?  र-फुचक्कर होला !

डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much. 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com