भोली गर्ने आज गर, आज गर्ने गरिहाल ! joke of the day

प्रकाशित मिति: १३ कार्तिक २०७७, बिहीबार १०:२०

एकदमै लोभी एलिना एकदिन सामाना किन्न पसलमा गएपछी..

एलिना : ‘मलाई एउटा नुहाउने साबुन दिनुस् त साहुजी ।’

पसले : ‘कस्तो साबुन दिउँ ?’

एलिना :‘अलि कडा होस् तर,अनुहारमा लाली भरोरोस् !’

पसले : ( कामदारसँग )  ‘जनक, वहाँलाई एउटा इँटाको टुकुडा ल्याएर देउ त !’

@@@@@

शोम : ‘श्यामजी, मलाई पचास हजारको खाँचो छ । साँझ सम्ममा रकम जम्मा गर्न सकिंन भने मैंले बिष खाए हुन्छ ! तपाईँ  मलाई केही सहयोग गर्न सक्नुहुन्छ ?’

श्याम : अवश्य सक्छु !

शोम : (खुशी हुँदै ) ‘भन्नु त के गर्न सक्नुहुन्छ ?’

श्याम : ‘मुल्य दिनुभयो भने बिष किन र ल्याइदिन्छु !’

@@@@@

उद्योग मालिकले कामदारलाई प्रेरणा जगाउने हिसाबले सूचना पाटीमा यस्तो भनाई लेखे – ‘भोलि गर्ने आज गर, आज गर्ने गरिहाल । समय बलवान हुन्छ, कसैलाई पर्खिदैन !’

एक हप्ता पछी मालिकले मेनेजरसँग सोधे – यसको असर देखियो त ?

जवाफमा मेनेजरले भने – देखियो मालिक, क्यासियर रकम लिएर दम्पट ठोके, सुपरभाईजर एउटी कामदार लिएर चम्पट ठोके, मजदुरले आफ्ना झोला बोकेर सुँइकुच्चा ठोके !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com