खुमल्टारमा तेल लाउने बालुवाटारमा चिप्ल्याउने ! Headline Humors

प्रकाशित मिति: १५ कार्तिक २०७७, शनिबार २०:०५

चौरसियालाई कसले हानेको भन्ने एकदमै क्लियर छ : एसपी गंगा पन्त
अर्थात, लिखितमका अगाडी बकितम काम चल्दैन, मिलाएर नाम भनौँला !

कोरोना उपचार : जनतालाई सशुल्क, सांसद–मन्त्रीलाई निःशुल्क !
आफ्ना हात जगन्नाथ भनेको यस्तै हो !

आज विश्व शहर दिवस, मन्त्री श्रेष्ठ भन्छन्- विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण
अर्थात, प्लटिङ, कन्सट्रक्टिङ एण्ड पोलुटिङ् !

प्रधानमन्त्री ओलीनिकट नेताहरू दिनहुँ खुमलटारमा
कुट्ने र तेल लगाउने सिलसिला जाह्री छ !

साउदी अरबको नोटमा आफ्नो नयाँ नक्सा समेट्न भारतको माग
भालुको मन खन्यौं माथि, सिमा र नक्सा नै साथी !

निरन्तर सुझाव र आलोचना दिन पत्रकारलाई अर्थमन्त्रीको आग्रह
तर, बालुवा र जग्गा शब्द चाहिँ उच्चारण नगरिदिनोस् !

लोप हुँदै गएको छ, मादल बनाउने पेशा
मादलेहरु नै ब्याङ्पाटे तिर लागेपछीको दशा  !

३२ देशबाट १ लाख २३ हजार बढी नेपाली स्वदेश फर्किए
धन कमाउन गएको मन उतै छोडेर आएकाले तन पुन फर्किने संभावना !

बिहारका ९४ क्षेत्रमा उम्मेदवार बनेका ३४ प्रतिशतलाई आपराधिक मुद्दा
खोइ, बिहार सुध्रियो भनेको होइन ? उध्रिएछ त !

डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much. 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com