आहार बिनाको तिहार, चलो भाई बिहार ! Headline Humors

प्रकाशित मिति: २९ कार्तिक २०७७, शनिबार १०:०४

आज यमपञ्चकको दोश्रो दिन, कुकुर तिहार र लक्ष्मी पूजा पनि आजै
कुकुर कुट्नेले प्रायस्चित गर्ने र काम नगर्नेले मनमनै धन भर्ने दिन !

भारतीय सैन्य कलेजको हाताभित्र गैरकानुनी रुपमा बसेको भन्दै एक नेपाली महिला गिरफ्तार
हाता भित्र बस्नेलाई मात्र होइन, फँसाउने, पसाउने र बसाउनेको खोजी हुनु जरुरी !

मेरो नियुक्ति पद र प्रतिष्ठासँग गाँसिएको थिएन : बामदेव गौतम
अर्थात, छिनेकोले गाँस्न खोजेको चाहीँ अवश्य हो !

चुनाव हार्ने नेतालाई राष्ट्रियसभामा आरक्षण पद छैन
कमजोर नेतालाई लागु हुने, बलियालाई नहुने नीति !

विदेशमा रहेका कार्यकर्ताबाट पनि भोटिङ गरेर साझासँग एकीकरण गर्ने/नगर्ने टुंग्याउँदै विवेकशील
विदेशमा बस्ने कार्यकर्तालाई भोटिङ राइटस्, फेसबुके समर्थकको संरक्षण !

देउसीभैलो खेल्न प्रतिबन्ध, ‘अटेर गरे कारबाही’ गृहद्वारा जानकारी
मेलमा चिठी ठेलिन्छ , जुममा देउसी खेलिन्छ, दक्षिणा इ बैंकिङबाट जोड्छौँ, देउसी खेलेरै छोड्छौँ ! – देउसे समूहहरु

बहुमत सचिवालय सदस्यको प्रधानमन्त्रीलाई आरोप- तपाईंले प्रचण्डको कार्यकारी हैसियत स्विकार्नुभएन
प्रधानमन्त्रीको प्रत्यारोप – मैंले नस्विकारेको होइन, तपाईँहरुले केपी ओलीलाई नचिनेको हो !

तिहारको मुखैमा भारत पस्ने झन् बढे
आहार विनाको तिहार भन्दा बिहार नै ठिक ठानेको अवस्था !
डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.
( तस्विर सभार : सामाजिक सन्जाल )
 
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com