हँ ! ऐले चीन धर्तीमा छैन र ! – हेडलाइन Humor

प्रकाशित मिति: ४ मंसिर २०७७, बिहीबार ११:०५

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए
हँ ! ऐले चीन धर्तीमा छैन र !

‘केपी ओलीको कदम स्वागतयोग्य’ : नारायणकाजी श्रेष्ठ
अलिकति निहुरिएकोले ढाडमा हान्न सकिएला कि भन्ने आशा पलाएछ !

विष्णु पौडेलको प्रश्न : ‘सचिवालयका नेता काम नलाग्ने भइसक्यौं ?’
काम लाग्न त डढेको ठुटो पनि लाग्छ तर जाडोसम्म पर्खिनै गाह्रो भयो कमरेड !

लक्षण देखिँदा पनि कोरोना परीक्षण नगर्नु घातक
लक्षण नै थाहा नपाउनु झन घातक : अन्धाले हात्ति छाने जस्तै कोरोना !

कोभिडका कारण नेपाली स्वास्थ्य क्षेत्रले गुमाएका दुई हस्ती
मुर्ख कोरोना : इम्युन पावर चिन्छ, डाक्टर सा’ब लाई चिन्दैन !

डाँका मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
दुष्कर्म को परिणाम जीवन छँदै भोग्नु पर्छ !

प्रचण्डको ठहरमा मा. गगन थापाको ‘समर्थन’-  प्रधानमन्त्री ओली असक्षम, अनैतिक र भ्रष्ट
अर्काका बाबुको श्राद्ध गर्नुको मज्जै बेग्लै, है त माननीय ज्यू !

प्रधानमन्त्री ओली सचिवालय बैठकमा आउन कसरी तयार भए?
एक कदम पछी हट्दा दश कदम उफ्रिन सकिन्छ भन्ने कुरा बुझेर हुनसक्छ !

काँग्रेस सांसद मीन विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने
सरकार – प्रतिपक्ष : पालो पैँचो मिलाउदै गरेको अवस्था !

तापसी भन्छिन्–‘मलाई हिरोका श्रीमतीहरुले नायिका बनाउन चाहेनन्’
हस्वेण्ड प्रतिको शंका र तापसी प्रतिको आशंका !

मान्छेले जस्तै बोटबिरुवाले पनि कुराकानी गर्न सक्छन् ?
सक्छन्, तर हावा चलेको बेला !

नेकपामा प्रचण्डलाई फकाउने प्रयास जारी
भने, नाई मलाई क्याटवरी नै चाहिन्छ !

एमसीसीबारे प्रतिबेदन अलपत्र, अमेरिकासँग भएन सम्वाद
वाइडेन र खतिवडा सम्मिलनको पर्खामा एनसीसी !

 डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.
( तस्विर सभार : सामाजिक सन्जाल )
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com