नेपालले अन्तरिक्षमा तुलसीको बीउ लैजाने : ओली-प्रचण्ड सहमतीको प्रयास !

प्रकाशित मिति: ६ मंसिर २०७७, शनिबार १४:०९

राजा वीरेन्द्रको निजी निवास आइतबारदेखि अवलोकन गर्न पाइने
राजश्री ठाँट नसिकुन् भनेर छोटे राजाहरुलाई भने पस्न नदिइने !

शान्ति सम्झौताका १४ वर्ष : संक्रमणकालीन न्याय कतिञ्जेल लम्ब्याउने ?
जतिबेलासम्म अन्तरास्ट्रिय अदालतको डर भईरहन्छ !

कोरोनाका नाममा ब्रम्हलुट : एउटा साबुनको मूल्य ३ हजार ८३१ रुपैयाँ !
यति महँगाे साबुन, मनको मैलो पनि पखाल्छ होला !

‘पार्टी एकता कायम राख्न मन्त्री छोड्न तयार छु’ : पर्यटनमन्त्री योगेश भट्टराई
छोड्नै पर्दैन, मन परेन भने केपीबाले आफैं छोडाउँछन् ।

निकिशा श्रेष्ठलाई दुर्व्यवहार गर्ने तीनै जना पक्राउ
पक्राउपछी भने- आकासको राहु पातालको केतु, एक पटक नपरी कसरी चेतुँ !

जसपाले छठलगत्तै सरकारविरुद्ध आन्दोलन सुरु गर्ने
कोरोना भाईरसद्वारा आन्दोलनको स्वागत !

प्रचण्डको प्रस्तावले काँग्रेस बन्यो उत्साहित
भन्यो – ‘सरकार ढाल्नोस् प्रचण्ड, हामी चलाउन तयार छौँ ।’

कोरोना बीमा : एक साताभित्र भुक्तानी गर भनेकै दुई साता बित्यो, पैसा आएन !
विमित बितिसकेपछी भुक्तानी हुने सम्भावना !

पेट्रोल चोर्न ट्यांकरभित्र फल्स बटम, तस्करीको यसरी भयो पर्दाफास
प्रहरीभन्दा चोर बाठा हुँदै गएकाे अवस्था !

‘माउथवास’ले ३० सेकेन्डमा कोरोनाभाइरस मार्न सक्छ !
कोरोना भाईरसले २० सेकेण्डमै माउथवासलाई मार्न पनि सक्छ !

नेपालले पहिलोपटक अन्तरिक्षमा अनुसन्धान गर्दै ।
बिपक्षीद्वारा राष्ट्रिय सहमति गरेरमात्र त्यसो गर्न माग !

नेपालले पहिलो पटक तुलसीको बिउलाई रकेटबाट चन्द्रमामा पठाइँदै
त्यसका लागि प्रचण्ड-ओलीबिच सहमतीको प्रयास !

यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.
 
( तस्विर सभार : सामाजिक सन्जाल )
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com