नाराबाजी लै लै, कमरेड आए चितौन, झन्डै लागे बिताउन…Headline Humor !

प्रकाशित मिति: ७ मंसिर २०७७, आईतवार १६:२६

बिनाअक्सिजन एक्लै सगरमाथा चढ्ने भारतीय नागरिकको घोषणा
सगरमाथा चढेपनी तुरुन्तै फर्कने, कब्जा नजमाउने प्रतिवद्धता !

सिंहदरबारको सुरक्षाका लागि नयाँ कार्ययोजना तयार
जनताभन्दा दरबार र महलहरु आवस्यक रहेको ठहर !

सिंहदरबार गेटमा भेहिकल स्क्यानर राख्नेदेखि सेल्फीमा प्रतिबन्धसम्म
पैदल यात्रा गर्न नपाईने, गाडी नहुनेहरु उडेर छिर्न पर्ने !

कोरोना महामारी : युरोपको सबैभन्दा धनी देशमा नै आईसीयू शैय्याको सङ्कट
एसियाको सबैभन्दा गरिब देशमा ब्रम्हनालको संकट !

‘निर्वाचनमा धाँधली भयो’ भन्दै ट्रम्पले दायर गरेको निवेदन अदालतद्वारा खारेज
हरूवा गोरुको छेरुवा दाउ, निहुँ खोजा बुढाको पिँधमा घाउ !

कोरोना महामारीमा सरकार रमितेमात्र बनेको प्रकाशमानको आरोप
कोरोना नियन्त्रण मन्त्रालय काङ्ग्रेसलाई दिन माग !

‘आन्दोलनमा जाने अवस्था छैन, सरकार बोल्या सुन्दै सुन्दैन’ – काङ्ग्रेस नेता प्रकासमान
कसरी सुनुन्, आफू-आफुबिचको झगडाले  तिनकै कान बुझिईसक्यो होला !

‘चितवनमा मन्त्रीका ज्वाइँले केपी ओली जिन्दावाद भन्दै नारा लगाए’
आफ्नै ससुराको सरकार  बिरुद्ध कुन ज्वाईंले मुर्दाबाद भन्छ त !

पक्राउ परेकालाई छुटाउन गाउँलेले भत्काए निकुञ्जको गेट
जसको शक्ति उसको भक्ती, कानुन हातमा लिने जुक्ती !

चितवन घटना : नेकपाका प्रचार विभाग प्रमुख र उपप्रमुखबीच जुहारी !
प्रचार बिभाग : तिम्रो गुट बलियो हो कि हाम्रो गुट बलियो,
                      पत्ता लाउन खोज्दा खोज्दै अति सार्हो गलियो ।
उप-प्रमुख:      जाे हो चोर उसको स्वर ठुलो हुँदाे रैछ,
                       त्यै स्वरले गर्दा हाम्रो गुट ठु भईच्छ !

जिल्ला तहसम्म पुग्यो नेकपा विवाद, सुरेन्द्र पाण्डेको कार्यक्रममा नाराबाजी
नाराबाजी लै लै, कमरेड आए चितौन, चितौनमा बिताउन, भाषणमा गरे होहल्ला, यही हल्लाको लहरोले बहुमत सरकार ढल्ला !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com