वालुवाटारमा वाम फलाँस : देउवासँग साईड सिन, प्रचण्डलाई हाप्न दबाब ! Daily Humor

प्रकाशित मिति: ८ मंसिर २०७७, सोमबार ११:५६

 

प्रदेश सरकारले चलाउन सकेन तरकारी बजार, सहकारीलाई जिम्मा दिने तयारी
तरकारी बजार मात्र हैन, प्रदेश सरकार आफैंलाई चलाउन ठेकेदार चाहिने स्थिती

आन्तरिक राजस्व कार्यालय बागलुङ ‘वर्षको उत्कृष्ट कर कार्यालय’
बिरगन्ज, भैरहवा राजस्व कार्यालयले बागलुङ्बाट सिक्नुपर्ने !

यस्तो छ भारतीय विदेश सचिवको काठमाडौं कार्यसूची
सके फकाउने नसके धम्क्याउने, दुबै नसके चुपचाप फर्कने !

कोरोना दोहोरिनु दुर्लभ हो, संक्रमित भएकाले फेरि पिसिआर गर्नै पर्दैन : विज्ञ
‘पिसिआर जतिसक्दो धेरै पटक गर्नुपर्छ ।’ –नीजी अस्पताल

जाजरकोट जिल्ला नै एम्बुलेन्स विहीन
जनयुद्धको उद्गमस्थल, उपलब्धीको स्पष्ट नमुना !

पचास शैयाको अस्पतालमा बिरामी बोक्न डोको
एम्बुलेन्स नभएको हैन, जनयुद्धकालिन झल्को दिएको डोकोमा बिरामी बोकेर !

भेरी नगरपालिकाले एम्बुलेन्स दिने घोषणा गरेको वर्ष दिन बिते पनि अझै प्राप्त भएको छैन
यो साल साईरन दिने, अर्को साल एम्बुलेन्स !

अब विदेश जानेहरूको कोरोना परीक्षण लेभल-ए प्रयोगशालामा मात्र हुने
‘सि लेभलको प्रयोगशाला’मा पनि ए लेभलमा दर्ता हुने !

प्रस्ताव फिर्ता नलिने प्रचण्डको अडानबीच ओलीको देउवा कार्ड
नखेल्नु जुवा र तास, धनको नास नेताको बनबास !

पढाइ नभएको समयको शुल्क लिइएकामा जनमोर्चाको आपत्ति
शुल्क फिर्ता लिन सके अर्को बर्ष जनमोर्चाको बहुमत आउने !

भीम रावलको प्रश्न : ‘नेकपा माटोको हाँडी हो र, कसैले लौरीले हानेर प्याट्ट फुटाउनलाई ?’
त्यही त, हावा भरिएको बेलुन पो हो त, फुस्स फुट्छ नि !

बलात्कारका घटना मिलापत्र गराए ३ वर्षसम्म कैद, जनप्रतिनिधिलाई थप ६ महिना सजाय
नेतालाई जेल : यो त पुरस्कार भयो । यही ब्याकराउण्ड बेचेर अर्को चुनाव खान्छन् !

सबैभन्दा बढी कर बुझाउने विभिन्न क्षेत्रका १५ करदाता सम्मानित
सबैभन्दा बढी कर छल्ने विभिन्न १५० करमारा सम्मानित पदमा !

बालुवाटार भेटको तरंग : ओलीले देउवालाई प्रधानमन्त्री ‘अफर’ गरेकै हुन् त ?
कागलाई बेल पाक्यो हर्ष र विस्मात, ओलीका ठाउँमा देउवा राख्याे तातो न भुत्लो !

वालुवाटारमा देउवा फलाँस : प्रचण्डलाई हाप्न लगाउने, देउवासँग साईड सिन ! Daily Humor

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com