भारतीय बिदेश सचिवको नेपाली भाषा : मोदीजीको भन्दा राम्रो कि चाम्रो ? Daily Humor

प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रबार ०९:४८

भारतीय विदेशसचिवकाे भ्रमण  एजेन्डा: परेन सीमा विवाद
नयाँ विवाद खडा हुने सम्भावना !

बिपी प्रतिष्ठान उपकुलपतिका १० जना सल्लाहकार, स्वास्थ्य मन्त्री ढकालका ज्वाइँ र भतिजालाई पनि नियुक्ति
सल्लाहाकारको काम : हल्ला बढी सल्लाहा कम, चाकडी बढी हातमा दाम !

मन्त्रिपरिषदको स्वीकृति : अब सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिने
सगरमाथाको उचाई बढेसँगै सरकारको होचाई घटेको कुरा थाहा छ कि नाइँ !

‘तुलसीलाई भगवान विष्णुले दिनुभएको सम्मानजस्तै हामीले पनि महिलाहरुलाई सम्मान दिलाउनुपर्छ’: डा. अारजु देउवा
हस् भाउजू !

‘बर्दिबास घटनाका अभियुक्तका दाजुले भने – ‘भाइलाई जति कठोर सजाय दिए पनि फरक पर्दैन’
उनको तर्क छ – ‘तर निर्जिव घरले कहिल्यै बलत्कार गर्दैन !

मूर्ति चोरेको आरोपमा दिपक मनाङेकी श्रीमती हेटौंडाबाट पक्राउ, मनाङेले भने- ‘मैले पक्राएको हुँ !’
डिभोर्स गर्ने प्रक्रिया हो कि बदला लिने प्रयास ?

वैदेशिक रोजगार विभागद्वारा तीन वटा म्यानपावरको कारोबार रोक्का
पावरको टावर चढेर कारोवार फुकुवा गर्ने सपना देख्दै म्यानपावर व्यवसायीहरु !

इन्जिनियरिङ कलेजको अनियमिततामा न्यौपाने पक्राउ
न्यौपालेले निहुँ खोज्यो, गोतामेले गोद् याे !

अर्थमन्त्रीको विरोधमा बुटवलमा कालो झण्डा देखाईयो
अर्थमन्त्रीले रातोमा ट्रान्सलेट गरेर स्वीकार गरे !

कालो झण्डा देखाउदै भने – ‘राजधानीसँग मन्त्री पद साट्न पाईंदैन ।’
अर्थमन्त्रीले भनेनन् – ‘बुटवलाई बिरोध प्रदर्शनको केन्द्र बनाउछु !’

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश- ‘इतिहासले विरासतमा छाडेको सीमा समस्या मिलेर सल्टाऔं’
मोदीले मनकि बात मनमनै भने: ‘बढ्ता बोलता है, तुम्हारा सत्ता पल्टाउँ ?’

नेपाल-भारत नक्सा विवाद थाती रहला कि समाधानतर्फ मोडिएला
यही बिवादलाई ‘समा’एर अर्को चुनावमा धान रोप्नु छ, खै के होला र समाधान !

पूर्व सभासदको भिक्षु अवतार : ‘कसरी बने सुनीलबाबु पन्त भिक्षु कश्यप ?’
अप्रत्यासित : जसरी सभासद् अनि ब्लुडाइमण्ड सोसाइटीको अध्यक्ष बने !

परराष्ट्रमन्त्रीस्तरीय वार्ताको लागि नेपाललाई भारतको निम्तो
तयारी गरेरमात्र जाउ नत्र ‘वार्ता न सार्ता, वात कर्ता’ होला !

किन हुन्छ जनप्रतिनिधि–प्रशासकीय अधिकृतबीच विवाद ?
कारण हजार होलान् : समाधान एउटै हुन्छ- मिलेर बनाउँ, मिलेर खाउँ !

भारतीय विदेश सचिव नेपालमा : नेपाली भाषामै भने: ‘म धेरै खुशी छु’
नेपाली बोल्नु राम्रो हो तर नाकाबन्दी अघि मोदीले पनि नेपालीमै बोलेका थिए !

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com