अध्यक्ष ओलीको गाडीमा ‘ब्याक गियर’, प्रधानमन्त्रीले भने- ‘भदौ २६ मा फर्कौं’ ! Daily Humor

प्रकाशित मिति: १३ मंसिर २०७७, शनिबार १९:४१

महासंघको निर्वाचनमा जिल्ला तथा नगरतर्फ शतप्रतिशत मतदान
‘शतप्रतिशत मतदान’ पार्टीलाई हैन, उध्योगी ब्यापारीलाई हो, भ्रममा नपरौं नेताज्यू !

भारतीय विदेश सचिवको नेपाल भ्रमण : सकारात्मक शुरुआत तर पूरै विश्वस्त हुने अवस्था छैन
आधा विश्वास पक्का : फकाउने, फुल्याउने र झुलाउने !

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणको औपचारिक घोषणा
‘न आउ’ भन्न मिलेन, त्यसैले ‘नि हाउ !’

किन आपसमा लड्छन् ‘टिकटक युजर’ ?
एक्लै लड्न नमिलेर !

सशस्त्र र नेपाल प्रहरीको भारतीय एसएसबीलाई आग्रह- ‘हिउँदमा हाम्लाई केही भए उद्धार गरिदिनू’
नेपाली हो वीर, झुल्क्दैन हो शीर, स्वाङभीमानी भईदिनाले !

प्रचण्डले टाउका गन्न थालेको भन्दै ओलीको आक्रोश
‘गनेकोमात्र हो, मूल्य तोकेको त हैन नि’ – प्रचण्ड

अमेरिका निर्वाचन २०२० परिणाम : अमेरिकी राष्ट्रपति पदका विजेता जो बाइडन को हुन् ?
पहिला उम्मेदवार हुन् ,अहिले राष्ट्रपति हुन् !

विज्ञकाे चेतावनी : ‘जाडोयाममा कोरोनाको दोस्रो लहर आउने’
अनविज्ञको अन्योल : ‘खबर नै गरिसक्यो कि गेसमात्र हो ?

‘काठमाडौंमा आज यो वर्षकै बढी चिसो’ : मौसमविद
‘काठमाण्डौ आज यो वर्षकै बढी तातो’: रक्सीविद

भारतद्वारा ४३ वटा मोबाइल एप्स प्रतिबन्धित
चीनद्वारा ८६ ओटा नयाँ मोवाईल एप्स उत्पादन

इटालीमा जन्मियो हरियो रङ्गको कुकुर
नाम राखियो- ‘ग्रासे’

आउने भयो दैनिक ३ करोड लिटरको ‘बुटवलको मेलम्ची’
‘काठमाण्डौको मेलम्ची’ लाजले भुतुक्कै !

कक्षा १२ का परीक्षार्थीलाई होम सेन्टरमा उत्तर लेख्न सिकाउनेदेखि चिट चोराउनेसम्मका गतिविधि
चिट चोराउने क्रममा कोरोना मौन बस्यो !

१० मध्ये नाै भारतीय नागरिकको सम्पर्कमा कोरोना संक्रमित
बहुमतको सरकार छ, संक्रमितपनि बहुमत हुनु पर्यो ना !

कोभिड भ्याक्सिन : ९५ प्रतिशत प्रभावकारी भनिनुको अर्थ के हो ?
बाँकी ५ प्रतिशत यमराजलाई कमिसन !

पूर्वराजाको पक्षमा देशभर प्रदर्शन : राप्रपाको नेतृत्व, नेकपा र कांग्रेस समर्थक पनि सहभागी
सरकार र पार्टीहरुलाई सबक : कि जनमतको कदर गर कि व्यवस्थालाई बदर गर !

प्रधानमन्त्री ओलीको प्रस्ताव : प्रचण्डको प्रस्ताव खारेज गरौं, भदौ २६ मा फर्कौं
‘केपी ओलीको गाडीमा ब्याक गियर छैन’ भन्नु हुन्थ्यो, रहेछ त ! फर्कौं फर्कौं,  भदौ २६ बाट असार २६ तिर फर्कौं, त्यसपछि जे गर्नु असारे बाढी पहिरोले गर्छ ! Tantai Saaf !

(तस्वीर साभार : रातोपाटी डटकम)

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com